site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पारदर्शीका साथ राजस्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अनुशासन र पारदर्शीका साथ राजस्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् । 

मंगलबार कपिलवस्तुको कृष्णनगर भन्सार र आन्तरिक राजस्व कार्यालय निरीक्षण गर्दै मन्त्री महतले सर्वसाधारणलाई दुख पनि नदिने र आँखा पनि नचिम्लने गरी अनुशासन र पारदर्शीका साथ राजस्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने उनले बताए । मन्त्री महतले कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्ने तर परिणाम पनि आवश्यक  पर्ने धारणा राखे । उनले अनुशासन, पारिदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गरिए राजस्वको लक्ष्य नजिक पुग्न सकिने बताए ।

महतले नयाँ ठाउँमा सम्पूर्ण संरचना निर्माणमा धेरै ठूलो लगानी चाहिने भएकाले नयाँ संरचनामा निर्माण तत्काल सम्भव नभएको स्पष्ट पारे ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro