site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चालु अधिवेशन कानुन निर्माणमा केन्द्रित हुन जरुरी छ : सभामुख घिमिरे
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूले संसद्को चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी रहेको बताएका छन् । 

सोमबारबाट सुरु भएको प्रतिनिधिसभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले राष्ट्रका साझा मुद्दाहरूमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई एकतावद्ध भएर अघि बढ्न पनि आग्रह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

विगतका दुई अधिवेशनमा संसद् नियमावलीको निर्माण तथा विषयगत समितिहरूले पूर्णता पाएसँगै संसदीय गतिविधिहरू क्रियाशील र जीवन्त हुँदै गएको उल्लेख गर्दै उनले चालु अधिवेशन मुलुकका लागि आवश्यक कानुन निर्माणमा केन्द्रित हुनुपर्ने बताए ।

सभामुख घिमिरेले जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात गर्दै संसद्का चालु अधिवेशन नतिजामुखी हुने विश्वास समेत व्यक्त गरे । संसद्लाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालु अधिवेशनदेखि केही नयाँ अभ्यास तथा संसदीय गतिविधि समयवद्ध सञ्चालनका लागि कार्यतालिका लागु गर्ने पनि बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय