site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हिउँदे अधिवेशन कार्यतालिका : फागुन ६ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । यसलाई विधेयक अधिवेशन समेत भन्ने गरिन्छ । हिउँदे अधिवेशनमा सरकारले बढीभन्दा बढी विधेयक पारित गर्ने लक्ष्य लिएको छ ।

अघिल्लै अधिवेशनबाट पारित गर्ने भनिएको बेपत्ता छानबिन तथा सत्यनिरुपण आयोगसम्बन्धीलगायत थुप्रै विधेयक अघि बढाउन नसकेको सरकारलाई सहयोग पुग्ने गरी संसद् सचिवालयले कार्यतालिका प्रस्ताव गरेको छ । आउँदो फागुन १४ गतेसम्मको प्रस्तावित कार्यतालिकामा सोमबार (आज)को बैठकमा दलीय आधारमा सम्बोधन गर्ने कार्यसूची छैन ।

प्रत्येक अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा शीर्ष नेताले सम्बोधन गर्ने अभ्यास थियो । योपटक पहिलो बैठकमा सम्बोधनको कार्यतालिका राखिएको छैन ।

राजनीतिक दलका तर्फबाट सम्बोधन यही माघ २४ गतेको बैठकमा गर्ने तय छ । माघ २४ को बैठकमा शून्य समय समेत राखिनेछ । आउँदो बुधबार बस्ने उक्त बैठकमा शून्य समय, दलीय आधारमा मन्तव्य राख्ने, सम्पत्ति शुद्धीकरण, (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकपारित गर्ने प्रस्ताव पेस गरिनेछ । त्यही दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तरको मिति निश्चित गर्ने पनि कार्यतालिका छ ।

त्यसपछिको बैठक आउँदो फागुन ६ गते बस्ने तय छ । ६ गते बस्ने तेस्रो बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यतालिका छ ।

सोही दिनको बैठकमा शून्य समय, बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश स्वीकृत गर्ने कार्यतालिका छ ।

फागुन १० गते शून्यसँगै विशेष समय थपिएको छ । सोही दिन राजनीतिक दलसम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० प्रस्तुत गर्ने कार्यतालिका छ ।

फागुन ११ गते शून्यसँगै विशेष समयमा राखिएका प्रश्नको विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । त्यही दिन बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक समितिमा पठाउने कार्यसूची पनि छ । भन्सार विधेयकमाथि सैद्धान्तिक छलफल समेत गर्ने कार्यतालिकामा उल्लेख छ ।

फागुन १३ गतेको बैठकमा शून्य र विशेष समयसँगै राजनीतिक दलसम्बधी विधेयकमाथि सैद्धान्तिक छलफलको कार्यतालिका छ । फागुन १४ गते मन्त्रालयगत प्रश्नोत्तर, विद्युतीय व्यापारसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल, भन्सार विधेयकलाई समितिमा पठाउने कार्यतालिका छ ।

फागुन १४ गते नै प्रिबजेट छलफल सुरु गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ ।

जरुरी सार्वजनिक महत्त्वका विषयमाथि आकस्मिक समयको व्यवस्था गरिने उल्लेख छ । नयाँ विधेयक ल्याइएमा वा समितिहरूबाट विधेयकसम्बन्धी प्रतिवेदन प्रस्तुत हुने अवस्थामा समय व्यवस्थापन गरिने पनि कार्यतालिकामा उल्लेख छ ।

कार्यतालिका हेर्नोस्–

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro