site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रेमिट्यान्सबाट सरकार आनन्द मानिरहेको छ : ओली
तस्बिर : रासस ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले सत्तामा टिकिरहने काम मात्र गरिरहेको टिप्पणी गरेका छन् । सत्तामा पुग्ने र अडिरहनेबाहेक गठबन्धनले देश र जनताका पक्षमा केही पनि काम नगरेको ओलीको आरोप छ ।

शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पार्टी संसदीय दलको बैठकमा उनले सत्ता गठबन्धनले सत्तामा अडिनेबाहेक अरू कुनै राजनीति नगरेको जिकिर गरे । देशका निम्ति केही गर्नेभन्दा पनि सत्ता गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीतिक चलखेल गरिरहेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले दिगो विकास लक्ष्यविपरीत रेमिट्यान्सको भर परेर देश चलाउने सोच लिइरहेको उनको भनाइ छ ।

सरकारले जाजरकोटलगायत क्षेत्रमा भूकम्पपीडितको पक्षमा अझै पनि आवास निर्माणको काम गर्न नसकेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

Global Ime bank

“देशको अवस्था नाजुक छ । जनताको अवस्था नाजुक छ । युवा विदेश पलायन भइराखेका छन् । उनीहरूलाई रोक्ने होइन, त्यो रेमिट्यान्सबाट सरकार आनन्द मानिरहेको छ,” उनले भने, “रेमिट्यान्सबाट सरकार चलाउन पाइएको छ भनेर सरकार खुसी भएको हो । तर, रेमिट्यान्सबाट देश चलाउनेजस्तो घातक कुरा अरू केही हुन सक्दैन ।”

अध्यक्ष ओलीले सरकारले जनताको पीरमर्कामा साथ दिने काम नगरेको दोहोर्‍याए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !