site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘क्यान इन्फोटेक २०२४’ माघ २५ देखि हुँदै, ‘कान्छी’ रोबट सार्वजनिक हुने
SkywellSkywell

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले माघ २५ देखि २९ गतेसम्म काठमाडौंमा २९औँ  संस्करणको ‘क्यान इन्फोटेक २०२४’ आयोजना गर्ने भएको छ ।

क्यान महासंघले बिहीबार एक कार्यक्रममार्फत इन्फोटेकको तयारीबारे जानकारी दिएको हो ।

२९औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एस पावर बीपीई प्राइभेट लिमिटेड र सह–प्रायोजकमा एचएमसी दहुआ रहेको छ ।

KFC Island Ad
NIC Asia

प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने र इन्फोटेकले डिजिटल नेपाल निर्माणमा सहयोग पु-याउने क्यान महासंघका अध्यक्ष रणजीत पोदारको भनाइ छ ।

क्यानका महासचिव चिरञ्जीवी अधिकारीले क्यान इन्फोटेकमा स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको बताए ।

Royal Enfield Island Ad

क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि टिकट शुल्क ५० रुपैयाँ तोकिएको छ ।

जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, दश वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको क्यानले जनाएको छ ।

क्यान महासंघ नेपालले विगत ६ वर्षयता लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई बीएस्सी आईटी डिग्रीका लागि प्रत्येक वर्ष दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको र यस वर्ष पनि निरन्तरता रहने जनाएको छ ।

इन्फोटेकमा नेपाल रोबोटिक्स एकेडेमीले विकास गरेको जेनेरेटिभ एआई सिस्टम ‘कान्छी’ रोबटको बेटा संस्करण सार्वजनिक गरिने भएको छ ।

इन्फोटेकमा एनपी सर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरिटी हेल्प डेस्क समेत सञ्चालन गरिने बताइएको छ ।

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहने क्यानले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro