site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीको परिणामलाई गम्भीरतापूर्वक लिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा कोसीको परिणामलाई अनपेक्षित बताएको छ । आज बसेको संसदीय दलको बैठकले कोसीको परिणामलाई गम्भीरतापूर्वक लिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोसी प्रदेशमा सत्ता गठबन्धनबाट उमेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की चम्पा कार्कीलाई पराजित गर्दै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी थिइन् ।

"गठबन्धनबाट हाम्रा १९ जना साझा उमेदवार थिए । कोसी प्रदेशको परिणाम अनेपक्षित रहेको ठहर बैठकले गरेको छ । कोसीमा दुईजना उमेदवार हुनुहुन्थ्यो, एकजना पराजित हुनुभयो । जसलाई हामीले अनेपक्षित परिणामका रूपमा लियौँ । यो विषयलाई बैठकले गम्भीरतापूर्वक लिने निर्णय गरेको छ," लेखकले भने ।

बैठकले नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाई बधाई दिने पनि निर्णय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro