अर्थ व्यवसाय
काठमाडौं । काठमाडौं महानगरभित्रका पेट्रोल पम्पमा पहेँलो रङ लगाइने भएको छ । काठमाडौं महानगरपालिका र सरोकारवालाहरूबीच बिहीबार बसेको बैठकले एकरुपताका लागि सबै पेट्रोल पम्पमा पहेँलो रङ लगाउने निर्णय गरेको हो ।
यस्तै, पेट्रोल पम्पमा खटिने नोजलमेन (फायर फाइटर)ले अनिवार्य खैरो रङको पीपीई लगाउनुपर्ने निर्णय भएको छ ।
पेट्रोल पम्पहरूले सेवाग्राहीलाई अनिवार्य रूपमा निःशुल्क शैचालयको व्यवस्था पनि गर्नुपर्नेछ । निःशुल्क शौचालयबारे पम्पले बोर्ड राखेर जानकारी गराउनुपर्ने बैठकको निर्णय छ ।
पम्पमा कार्यरत कर्मचारीलाई महानगरले नै अग्नि नियन्त्रक तालिम दिने भएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८० १८:०७
प्रतिक्रिया दिनुहोस्