site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दरबार हत्याकाण्डबारे प्रधानमन्त्रीले विचार नपुर्‍याई बोल्नुभयो : माधव नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बिहीबार जनकपुरमा समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्ने विषय प्रधानमन्त्रीले विचार नपुर्‍याई भनेको उनले उल्लेख गरे । गम्भीर विषयमा बोल्दा गठबन्धनमा सहभागी दलहरू र आफूलाई सोधेको भए उचित हुने उनले बताए ।

तत्कालीन हत्याकाण्डका समयमा आफूलाई गिरिजाप्रसाद कोइरालाले समेत के गर्ने भनेर सोध्ने गरेको उनले सुनाए । उनले सरसल्लाहबिनै प्रधानमन्त्री प्रचण्डले छानबिन गर्ने कुरा गरेको भन्दै आपत्ति जनाए ।

दरबार हत्याकाण्डको केही समयपछि नेकपा (एमाले)का वर्तमान अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री बनेका थिए । पछि ओली प्रधानमन्त्री पनि बनिसकेकाले केही बढी जानकारी हुन सक्ने भन्दै उनीसँग बुझ्ने नेता नेपालले बताए ।

एमालेप्रति लक्षित गर्दै उनले कतिपयलाई गठबन्धन नपचेर ‘बान्ता हुने गरेको’ टिप्पणी गरे । उनले गठबन्धन पाँच वर्षसम्म चल्ने जिकिर गरे ।

माधव नेपालको भनाइ पढ्नोस्–
जहाँसम्म दरबार हत्याकाण्डको कुरा छ, त्यतिखेर मेरो नाम आएको थियो । तपाईंहरूले बिर्सिनुभएको छैन होला । मैले के राखेको थिएँ भन्दा– म भनेको कम्युनिस्ट पार्टीको नेता हो । म प्रतिपक्ष दलको नेता हो भने सत्तापक्षको नेता पनि त्यो आयोगमा बस्नुपर्छ । गिरिजाबाबु बस्ने हो भने म पनि बस्छु । होइन भने दोष हामीलाई आउने अनि नेपाली कांग्रेस जोगिने त्यो बेलाको स्थिति बन्थ्यो । त्यसैले मैले अरूले बसेर हुँदैन, राजनीतिक नेतालाई राख्ने हो, होइन भने राख्नै छ भने हाम्रो पार्टीबाट भरतमोहन अधिकारीलाई राख्नुस्, उहाँ कानुनको ज्ञाता पनि हो भनेर मैले प्रस्ताव राखेको थिएँ । त्यो कुरा सुन्नमा आएको थिएन । तर, यो पनि सत्य हो, त्यो आयोग बनाउन मेरो नै भूमिका हो । त्यो बेलाको तत्कालीन राजा ज्ञानेन्द्र मानिरहेका थिएनन् । उनी राजा त भइसकेका थिएनन्, उनले भनिरहेका थिए– म आफैँ गर्छु । छानबिन भनेका थिए । तपाईंको छानबिन कोही मान्नेवाला छैनन् भन्ने मान्छे मै हुँ । छानबिन आयोग बनाउन त बनाए, मलाई पनि जोडिदिए । राजा वीरेन्द्रको अन्तिम संस्कार भइरहेको बेलामा आर्यघाटमा म थिएँ । सभामुख तारानाथ रानाभाट, प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको छानबिन आयोगले छानबिन गर्‍यो । कति सबै ल्याउन सक्यो, सकेन आफ्नो ठाउँमा छ । अहिले प्रधानमन्त्रीजीले फेरि छानबिन गर्ने कुरा गर्नुभयो । यस्ता कुराका बारेमा अलि सरसल्लाह गरेको भए राम्रो हुन्थ्यो । हामीसँग पनि सल्लाह भएको छैन । मैसँग पनि सोधे त हुन्थ्यो नि ! कमसेकम गिरिजाबाबुले त मलाई सोध्ने गर्नुहुन्थ्यो, के गर्ने माधव बाबु भन्नुहुन्थ्यो । हाम्रो प्रचण्डजी छिटो बोलिहाल्नुहुन्छ । वंश सकिएकाले गर्छन्, बाँकी हुनेले गर्छन् भन्ने अर्थ लाग्छ । तीर त्यतै सोझिन्छ । ओलीजी अलि पछि गृहमन्त्री भई प्रधानमन्त्री पनि भएकाले उहाँले धेरै सूचना पाउनुभएको छ कि, उहाँलाई सोध्नुपर्ला । –न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro