site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापामा श्रीमती हत्याको आरोपमा राई पक्राउ
प्रतीकात्मक तस्बिर ।

दमक । झापामा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा दमक नगरपालिका–७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७, श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेका हुन् ।

गएराति छिमेकीको घरमा जन्मदिनको भोज खाएर  घर आएका बेला राई दम्पतीबीच झगडा भएको र झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेको दमक इलाका प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए । 

कुटपिटबाट मृत्यु भएपछि आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीको टोली पुगेर अभियुक्त राईलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए । 

मृतकको अनुहार र टाउकोमा चोट लागेको देखिएको र प्रहरीले शवको मुचुल्का उठाई परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रनाउ लामाले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro