site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पुनर्बिमा कम्पनीको चुक्तापुँजी २० अर्ब पुर्‍याउने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल बिमा प्राधिकरणले दुई पुनर्बिमा कम्पनीको चुक्तापुँजी २० अर्ब पुर्‍याउने निर्णय गरेको छ ।

आज बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीमा पुँजी वृद्धि गर्ने निर्णय गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

उनका अनुसार नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्तापुँजी वृद्धि गरेर २० अर्ब पुर्‍याउने निर्णय भएको हो ।

“बिहान बोर्डको बैठकले पुनर्बिमा कम्पनीहरूको चुक्तापुँजी २० अर्ब पुर्‍याउने निर्णय गरेको छ । १५ दिनभित्र पुँजी वृद्धिको योजना पेस गर्न पनि कम्पनीलाई पत्राचार गर्ने निर्णय भएको छ,” उनले भने, “एक वर्षभित्र पुँजी वृद्धि गर्नुपर्नेछ ।”

हाल हिमालयन रि–इन्स्योरेन्सको चुक्तापुँजी १० अर्ब रुपैयाँ छ । त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीको चुक्तापुँजी १२ अर्ब ८१ करोड ३५ लाख रुपैयाँ छ । चुक्तापुँजी २० अर्ब पुर्‍याउन हिमालयन रि–इन्स्योरेन्सले १० अर्ब रुपैयाँ थप गर्नुपर्छ भने नेपाल पुनर्बिमा कम्पनीले आठ अर्ब १९ करोड रुपैयाँ थप गर्नुपर्छ ।

यसअघि पनि प्राधिकरणले जीवन बिमाको पाँच अर्ब र निर्जीवन बिमा कम्पनीको साढे दुई अर्ब रुपैयाँ चुक्तापुँजी वृद्धि गर्ने निर्णय गरेको थियो । यही निर्णयअनुसार पुँजी वृद्धि गर्न बिमा कम्पनीहरू मर्जरमा गएका थिए । 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro