site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साउदीलाई हराउँदै दक्षिण कोरिया एसियन कपको क्वार्टरफाइनलमा 
SkywellSkywell

काठमाडौं । साउदी अरेबियालाई पेनाल्टी सुटआउटमा हराउँदै दक्षिण कोरिया एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

मंगलबार राति कतारको एजुकेसन सिटी रंगशालामा सम्पन्न खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट भएको थियो । 

Dabur Nepal
NIC Asia

पेनाल्टीमा दक्षिण कोरियाले ४–२ ले बाजी मार्दै प्रतियोगिताको अन्तिम–८ मा स्थान सुनिश्चित गरेको हो । पेनाल्टीमा दक्षिण कोरियाबाट प्रहारका लागि आएका सन ह्युङ मिन, किम योङ ग्वेन, चो ग्यु–सङ र ह्वा हि–चान गरी चारै जनाले गोल गरे ।

साउदीबाट प्रहारका लागि आएका मोहमेद कानो र साउद अब्दुलहमिदले गोल गर्दा समि अल–नाजेइ र अब्दुलरहमान घरिबको प्रहार भने दक्षिण कोरियाका गोलकिपरले विफल बनाइदिएका थिए ।

त्यसअघि खेलमा अग्रता भने साउदी अरेबियाले बनाएको थियो । ४६औं मिनेटमा अब्दुल्लाह रदिफले गोल गर्दै साउदीलाई अग्रतामा राखेका थिए । तर, इन्जुरी समयको अन्तिम मिनेटमा चो ग्यु–सङले गोल फर्काएपछि कोरिया खेलमा फर्कियो । 

दक्षिण कोरियाले अब सेमिफाइनल प्रवेशका लागि अस्ट्रेलियाविरुद्ध खेल्नेछ । यी दुई टिमबीचको खेल फेब्रुअरी २ मा हुनेछ ।

मंगलबार राति नै भएको अर्को खेलमा जित निकाल्दै उज्वेकिस्तान प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको अल जनौब रंगशालामा भएको खेलमा उज्वेकिस्तानले थाइल्यान्डलाई २–१ ले हराएको हो ।

उज्वेकिस्तानले अब सेमिफाइनल प्रवेशका लागि साविक विजेता कतारसँग खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu