site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाँदर नियन्त्रण गर्न ठूला रुख काट्नु प्राथमिक उपचार हो : वडाध्यक्ष पाण्डे
वडाध्यक्ष पुष्पेन्द्र पाण्डे ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आफूले निकालेको सूचनामा कुनै नराम्रो विषय नरहेको जिकिर गरेका छन् ।

अध्यक्ष पाण्डेले लामाचौर, पुरुन्चौर बाँदर अति प्रभावित क्षेत्र घोषणा गर्दै १० दिनभित्र आ–आफ्ना घरवरपरका रुख काट्न सूचना प्रकाशित गरेको विषयमा अहिले विभिन्न टीकाटिप्पणी भइरहेको छ । आफ्नो निर्णयको सर्वत्र आलोचना गरिएपछि बाँदरका बारेमा नजानेकाहरूले यसरी टीकाटिप्पणी गरेको उनको भनाइ छ ।

बाँदरको समस्या आफ्नो क्षेत्रमा गम्भीर रूपमा रहेको र पकाएको खानेकुरा समेत खान नपाउने अवस्था सिर्जना भइसकेकाले यो निर्णय लिनुपरेको उनले बताए । उनले आफ्नो क्षेत्रका नागरिकले बाँदर नियन्त्रण गरिदिए आउँदो १० वर्षसम्म आफूहरूलाई केही नचाहिने कुरा राखेको सुनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

गाउँका सबै रुख काट्ने कुरा नगरेको भन्दै उनले ठूला र बाँसका झ्याङको फँडानी गर्न आग्रह गरिएको उल्लेख गरे । काटिएका रुखका स्थानमा लप्सी, काफललगायत बोटबिरुवा र फलफूल लगाउने अभियान आफूहरूको रहेको उनले बताए । ठूला रुख काट्नु समस्याको प्राथमिक उपचार भएको उनको जिकिर छ । तर, रुख काट्दैमा बाँदर सबै नियन्त्रण हुने कुरा आफूहरूले नगरेको उनले स्पष्ट पारे ।

“हाम्रो यहाँ बाँदर नियन्त्रण समिति बनेको थियो । बाँदरको बारेमा नजानेका मानिसहरूले भन्नु स्वाभाविक नै हो, सहरकाहरूले भन्नु । वास्तविक यहाँ धेरै गम्भीर तरिकाको छ,” उनले भने, “बालीनाली भित्र्याउन त परको कुरा, पकाएको भात समेत खान पाएका छैनन् । जनता ‘हामीलाई बाटो चाहिएन, अरू विकास चाहिएन, बाँदर नियन्त्रण गर्नुपर्छ’ भन्छन् । बाँदर नियन्त्रण गरे अरू १० वर्ष केही बनाउनु पर्दैन भन्ने छ । चर्को जनदबाब छ ।”

Global Ime bank

उनले थपे, “हिजो धान रोप्ने ठाउँमा, कोदो रोप्ने ठाउँमा वनजंगल भएको छ । त्यसकारण बाँदरहरूको त्यहीँ आएर त्यहीँ वासस्थान बनाएर स्वास्थ्यमा कमजोर भएका महिला दिदिबहिनीलाई उल्टो आक्रमण समेत गर्दछन् । बर्सेनि सातजनासम्म मानिस पीडित छन्, आक्रमणबाट । नजिकै भुइँमा भए धपाउन त सकिन्छ भन्ने हो । ठूला रुख भनेको बाँदरको घर हो ।”

पोखरा महानगरपालिकाका मेयर धनरान आचार्यले भने वडाध्यक्षले निर्णय गरेर रुख काट्ने अभियान चलाउने विषय कानुनसम्मत नहुने बताए । रुख काट्ने विषयमा स्थानीय सरकार सञ्चालन ऐनले एउटा व्यवस्था गरेको उनले सुनाए ।

आफूले वडा कार्यालयलाई रुख काट्न रोक लगाउन पत्राचार गरिसकेको उनले जानकारी गराए । सबै रुख काटेर बाँदर नियन्त्रण हुन्छ भन्ने नरहेको उनले बताए ।

“...वडाध्यक्षलाई निर्णय फिर्ता लिन भनेको छु । बाँदर नियन्त्रण गर्न केन्द्रीय र प्रदेश सरकार हामी सबै लागिरहेका छौँ । त्यसको प्रविधि पत्ता लागिसकेको छैन,” उनले भने, “सबै रुख काटेर बाँदर नियन्त्रण हुन्छ भन्ने कुरा रहेन । ग्लोबल वार्मिङहरू भइरहेको बेलामा अहिले हामीले रुख कटानजस्तो विषयलाई अभियानका रूपमा अघि बढाउनु स्वाभाविक पनि हुँदैन । प्रोसेसमा पनि मिलेन । नगर्नू भनेर पत्राचार गरिसकेका छौँ ।”

प्रमुख आचार्यले सम्बन्धित वडाले अहिले रुख कटानी स्थगित गरिसकेको बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement