site stats
बाह्रखरी :: Baahrakhari
देश
बाँदर नियन्त्रण गर्न रुख काट्ने वडाध्यक्षको अभियान, मेयरको आपत्ति

पोखरा । बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियानप्रति पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आपत्ति जनाएका छन् ।

सोमबार पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर नियन्त्रण गर्न भन्दै स्थानीयलाई आफ्नो जग्गामा भएका रुख काट्न आग्रहसहितको सूचना जारी गरेका थिए । ‘मेरो रुख म काट्छु’ नाम दिइएको यो अभियान चलाउने विज्ञप्तिमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त सूचना अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । सूचनामा साविक लामाचौर, पुरञ्चौर क्षेत्र बाँदरबाट अतिप्रभावित भएको उल्लेख छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै बाँदर नियन्त्रण गर्ने उल्लेख गरेकाले उक्त नीतिलाई साथ दिन खोजिएको सूचनामा जनाइएको छ ।

“‘आजको १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउन साथै आआफ्नो क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउन वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि सूचना प्रकाशित गरिन्छ,” पाण्डेले भनेका छन् ।

eifmkdgm-1706591539.jpg
 

सूचनाप्रति मेयर आचार्यले मंगलबार सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । “आफ्नो रुख आफैँ काटौँ अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यस सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐनबमोजिम महानगरपालिकाबाट कुनै निर्णय नभएकोले सोसम्बन्धी कुनै पनि कार्य (रुख काट्ने/फाँड्ने) नगर्नू/नगराउनुहुन सम्बधित सबैलाई जानकारी गराइसकिएको छ । भ्रममा नपर्नुहुन अनुरोध छ,” आचार्यले लेखेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्