site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्युरालिंकले मानिसको दिमागमा राखेको चिपमा सुरुआती सफलता
Tiktok banner adTiktok banner ad

काठमाडौं । एलन मस्कको कम्पनी न्युरालिंकले पहिलो पटक मानिसको मस्तिष्कमा चिप राखेर परीक्षण थालेको छ ।

सोमबार विश्वकै धनाढ्य उद्यमी मस्कले एक बिरामीको मस्तिष्कमा चिप राखिएको बताएका हुन् ।

ती बिरामी अहिले निको भइरहेको र सुरुआती चरणमा चिपले राम्रो नतिजा देखाएको मस्कले उनकै सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

टेस्लामा मालिक समेत रहेका मस्कको कम्पनीले गत वर्ष, अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)बाट मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण परीक्षण गर्न अनुमति पाएको थियो ।

न्युरालिंकको उद्देश्य एएलएस र पार्किन्सनजस्ता न्यूरोलोजिकल डिसअर्डरको उपचार गर्ने हो ।

भविष्यमा कृत्रिम बुद्धिमत्ता (एआई) एवं कम्प्युटरहरू र चिप राखेर मानव मस्तिष्कसँग सम्बन्ध स्थापना गर्ने न्युरालिंकको उद्देश्य हो ।

यसो भएमा विभिन्न किसिमका रोग लागेका मासिनहरूलाई सहज हुने किसिमका प्रविधि एवं उपचार विधि प्रयोग गर्न सकिने कम्पनीको विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro