site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य बिमा बोर्डका निर्देशक बसौला बर्खास्त
फाइल तस्बिर ।

काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. दामोदर बसौलालाई पदबाट हटाएको छ । यही माघ ९ गते मन्त्रिपरिषद्को बैठकबाट उनलाई निर्देशकको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो ।

डा. बसौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पत्राचार गर्दै पदबाट हटाइएको जानकारी गराएको छ ।

उनले पदीय जिम्मेवारी पूरा नगरेको र बोर्डको हितविपरीत कार्य गरेको पत्रमा उल्लेख छ ।

fgm-1706603231.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्