site stats
बाह्रखरी :: Baahrakhari
देश
६ स्थानमा राजमार्ग पूर्ण अवरुद्ध
फाइल तस्बिर ।

काठमाडौं । वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । ६ वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् । 

अर्घाखाँचीको कक्रहवा (भारत सिमा) रुद्रपुर, सालझण्डी–सन्धीखर्क–देवीस्थान, वुर्तीवाङ–ढोरपाटन सडकखण्डड पूर्णरुपमा अवरुद्ध भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सल्यानमा पनि सडक अवरुद्ध भएको छ । जिल्लाको अमेलिया–तुल्सिपुर–शितलपाटी–थारमारे–मुसीकोट (राप्ती राजमार्ग)मा पूर्णरूपमा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ । 

सिन्धुपाल्चोकमा पनि सडक अवरुद्ध भएको छ । काठमाडौं– धुलिखेल–दोलालघाट–खाडिचौर–कोदारी (अरनिको राजमार्ग) अवरुद्ध छ । 

गुल्मीमा तानसेन–रिडी–कोरला सडक पनि अवरुद्ध भएको छ । देशभर गरेर ४१ वटा सडक एकतर्फी अवरुद्ध भएका विभागले जनाएको छ । 

विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्