site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक निलम्बनको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश 
फाइल तस्बिर ।

काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

गएको असोज २४ गते मन्त्रिपरिषद्को बैठकबाट उनलाई निलम्बन गर्ने निर्णय गरिएको थियो । असोज २६ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. बसौलालाई तीन महिनाका निम्ति निलम्बन गरिएको पत्र पठाएका थिए ।

Dabur Nepal
NIC Asia

निर्देशक पदमा रहँदा बोर्डलाई हानि–नोक्सानी हुने काम गरेको र सोको प्रमाण नष्ट गर्न सक्ने भन्दै उनलाई निलम्बनको पत्र थमाइएको थियो । निलम्बनको निर्णयअघि मन्त्री बस्नेतले डा. बसौलालाई पदीय जिम्मेवारी वहन नगरेको भन्दै ११ बुँदे स्पष्टीकरण सोधेका थिए ।

निलम्बनको निर्णयविरुद्ध डा. बसौला कात्तिक १७ गते सर्वोच्चमा रिट दर्ता गराएका  थिए । “आफूविरुद्ध अन्याय भएको र निलम्बन कानुनसम्मत नभएको भनेर म कानुनी उपचारका लागि अदालत पुगेको थिएँ, त्यसैउपर आज मेरो पक्षमा आदेश आउँदा न्याय पएको महसुुस गरेको छु,” डा. बसौलाले बाह्रखरीसित भने ।

आउँदो आइतबारदेखि नै आफूले पुनः बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्ने उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro