site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उपभोग्य वस्तुको ‘लेभलिङ’ स्पष्ट रूपमा हुनुपर्छ : मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोग्य वस्तुको ‘लेभलिङ’ स्पष्ट रूपमा हुनुपर्ने बताएका छन् । सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले उपभोग्य वस्तुको ‘ब्रान्डिङ’ र ‘लेभलिङ’ स्पष्ट रूपमा हुनुपर्ने उल्लेख गरे । वस्तुको म्याद नाघ्ने मिति ठूल्ठूला अक्षरमा स्पष्ट रूपमा देखिनुपर्ने उनले बताए ।

“सानास्तरमा घुम्ती व्यवसायहरू स्थानीय तहले दर्ता गर्दछ । दर्ता पनि भइरहेका छन् । बजार अनुगमनको विषयमा स्थानीय तह पनि भएको कारणले सजायको विषय पनि स्थानीय तहले आफ्नो लेभल जति छ गर्नुपर्ने, उहाँहरूले नै सजायको लेभल तोकिदिए राम्रो हुन्छ,” उनले भने, “वस्तुहरूको लेभलिङको विषय, ब्रान्डिङको विषय यहाँहरूले उठाउनुपर्छ । त्यो हुनुपर्छ भन्ने मेरो मान्यता हो । हाम्रो मन्त्रालयको मान्यता हो ।”

मन्त्री रिजालले उद्योग दर्ता, खाद्य प्रशोधन, बजार अनुगमन र उत्पादित वस्तुको गुणस्तर नियमनका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीचमा समन्वय हुन आवश्यक रहेको बताए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro