काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘मनसरा’को छायांकन भइरहेको छ । दयाहाङ राई र मिरुना मगर स्टारर चलचित्र ‘मनसरा’को हालसम्म ६५ प्रतिशत छायांकन सकिएको छ ।
चलचित्रको मुख्य कलाकार दयाहाङ भने यतिबेला अमेरिकामा छन् । चलचित्र ‘भूठान’को छायांकनका लागि उनी अमेरिका पुगेका हुन् । मुख्य कलाकारबिना नै २० दिनदेखि ललितपुरको नख्खीपोट आसपासमा छायांकन चलिरहेको छ ।
मिरुना, मेनुका प्रधान, प्रवीण खतिवडाका दृश्यहरूको छायांकन भइरहेको निर्माण पक्षले जनाएको छ ।
दयाहाङ नेपाल आएपछि छायांकनका लागि ललितपुरपछि पाँचथर पुग्नेछन् । पछिल्ला केही वर्षयता दयाहाङलाई सिनेमाको छायांकनमा भ्याइनभ्याइ छ ।
वैशाख २१ मा रिलिज हुने ‘मनसरा’का लेखक पनि निर्देशक सुब्बा स्वयं हुन् ।