site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चारवटा संसदीय समितिको बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौं । चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बिहान ८ बजेका लागि तय गरिएको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला, संघ, संस्थालगायतसँग छलफल हुनेछ । 

बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमा संशोधन राख्ने संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची छ ।  

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहान ११ बजे बस्नेछ । नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला संघसंस्थासँग छलफल हुने बताइएको छ । 

दिउँसो साढे १ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्नेछ । बैठकमा नेपालमा जनसंख्याको हालको अवस्थाअनुसार जनसंख्या नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारी सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro