site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संघीयतालाई सही ढंगबाट प्रयोग गर्न सक्नुपर्छ : सभामुख घिमिरे
तस्बिर : रासस ।

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीयतालाई सही ढंगबाट प्रयोग गर्न सक्नुपर्ने बताएका छन् । शनिबार मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले संघीयता नेपालजस्तो मुलुकमा जरुरी थिएन भन्ने कुरा धेरै चर्चामा आइरहेको उल्लेख गरे । संघीयता खर्चको बोझ मात्र भएको र यसले राष्ट्रमा उन्नति नभएको भन्ने विरोध र टिप्पणी हुने गरेको उनले बताए । संघीयतालाई सही ढंगामा उपयोग गरिनुपर्नेमा उनले जोड दिए ।

“खासगरी संघीयता नेपालजस्तो मुलुकमा जरुरी थिएन भन्ने कुराहरू धेरै चर्चामा आइरहेको छ । खर्चको बोझ मात्रै भएको छ र संघीयताले राष्ट्रमा उन्नति गर्न सकेन भन्ने विरोध र टिप्पणीसँगसँगै संविधानमाथि टिप्पणी हुने गरेको छ,” उनले भने, “वास्तवमा संघीयतालाई प्रयोग गर्ने हो भनेदेखि यसले ठूलाठूला कामहरू गर्न सक्छ । त्यसैले हाम्रो गाउँघरको उखान छ– जहाँ इच्छा त्यहाँ उपाय । यदि, इच्छा गर्ने हो भने केही न केही उपाय आउन सक्छन् ।”

सभामुख घिमिरेले सामाजिक सुरक्षासम्बन्धी कानुन कार्यान्वयन गर्न आवश्यक रहेको औँल्याए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro