site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पार्टी नेतृत्वमा अहिले मेरो विकल्प छैन : प्रचण्ड
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको निष्कर्ष उनले सुनाएका हुन् ।

पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकी रहेको र उनीहरूलाई ल्याउन आफूले वातावरण बनाइदिने आश्वासन समेत अध्यक्ष प्रचण्डले दिए । समान विचार भएका कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध हुन पनि उनले आह्वान गरे ।

Dabur Nepal
NIC Asia

“...जनताले जन्माउने हो नेतृत्व भनेको । तर, नेतृत्व जन्मिने भनेको फेरि रातारात जन्मिनेचाहिँ होइन । जनताले पनि रातारात जन्माउन सक्दैन,” उनले भने, “इतिहासले पनि रातारात नाटकीय ढंगले जन्माउन सक्दैन । त्यसले पनि एउटा प्रक्रियाको संघर्षको, बहसको, वैचारिक संघर्षको र वर्गसंघर्षको, वैज्ञानिक प्रयोगको एउटा प्रक्रियाबाट गुज्रिएपछि मात्रै नेतृत्व बन्ने हो । नेतृत्व पैदा हुने हो, जन्मने हो ।”

पार्टी नेतृत्वप्रति उदासीन हुने काम नगर्न पनि उनले नेता–कार्यकर्तालाई सचेत गराए ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गराउन आफूहरूले बल गरिरहेको उनको भनाइ छ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu