site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
इलेक्ट्रोनिक्स कम्पनी टीसीएल ४० भन्दा बढी अवार्डबाट सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । इलेक्ट्रोनिक्स कम्पनी टीसीएल इलेक्ट्रोनिक्सले ‘सीईएस २०२४’ मा आफ्नो उत्पादनहरूका लागि ४० भन्दा बढी अवार्डबाट सम्मानित भएको छ ।

टीसीएलको ११५–इन्च क्यूएम८९१ जी क्युडी–मिनी एलईडी टीभीलाई सन् २०२३–२०२४ ग्लोबल टप ब्रान्ड्स अवार्ड समारोहमा ‘इनोभेटिभ डिस्प्ले टेक्नोलोजी गोल्ड अवार्ड अफ द इयर’को नवीन डिस्प्ले टेक्नोलोजीका लागि मान्यता दिइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एसिया डिजिटल समूह र युरोपेली डिजिटल समूहद्वारा समर्थित यस कार्यक्रमले विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा टीसीएलको प्रख्याततालाई चिन्हित गरेको कम्पनीको भनाइ छ ।

उच्चस्तरीय टीभी, टीसीएलको स्मार्टफोन, एनएक्सटीपेपर ३.० डिस्प्ले टेक्नोलोजीसहितको ट्याब्लेट, रेनियोन एक्स–२ लाइट एआर ग्लासेस र क्यू क्लास साउन्डबारको पनि समारोहमा प्रशंसा भएको थियो ।

Global Ime bank

कम्पनीले २०२३–२०२४ ग्लोबल सिई ब्रान्ड्स टप १०, २०२३–२०२४ ग्लोबल टीभी ब्रान्ड्स टप १०, र २०२३–२०२४ ग्लोबल सीई ब्रान्ड्स टप ५० को रूपमा पनि चर्चा कमाएको कम्पनीले जनाएको छ ।

सीईएस २०२४ इनोभेसन अवार्ड ‘मोबाइल डिभाइस, एसेसरिज र एप्स’ टीसीएलको ४० एनएक्सटीपेपर स्मार्टफोनलाई प्रदान गरिएको थियो ।

यसबाहेक टीसीएलले अन्तर्राष्ट्रिय मिडिया आउटलेटहरूबाट ‘बेस्ट अफ सिइएस २०२४’ अवार्डहरू प्राप्त गरेको छ । कम्पनीका अनुसार यसले नवीन प्रविधिहरू र उत्कृष्ट उत्पादनमा आफ्नो प्रतिबद्धता झल्काएको छ ।

टीसीएल इलेक्ट्रोनिक्सको उत्पादनहरू अहिले विश्वका १६० भन्दा बढी राष्ट्रमा उपलब्ध भएको कम्पनीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement