बाह्रखरी फोटो
काठमाडौं । काठमाडौंमा आज चाँगुनारायण जात्रा मनाइएको छ । चाँगुनारायण मन्दिरदेखि ल्याइएको कलश विभिन्न ठाउँ घुमाएर हनुमानढोका पुर्याइएको छ ।
चाँगुनारायणको कलश हनुमानढोका प्रवेश गर्ने क्रममा स्थानीयले माटोका भाँडाहरू फुटाएर साइत बिगार्ने गर्छन् । चाँगुनारायण देश छोडेर विदेश जान लाग्दा बाटोमा स्थानीयले माटोका भाँडाहरू फुटाएर साइत बिगारेकाले देश नछाडेको विश्वास गरिन्छ ।
चाँगुनारायण कलश हनुमानढोका पुर्याएपछि जीवित देवी कुमारीलाई पनि दर्शनका लागि हनुमानढोका ल्याइएको थियो ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८० २२:३८
प्रतिक्रिया दिनुहोस्