site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लगानी सम्मेलनका पाहुना : एलन मस्क, ज्याक माँदेखि गौतम अडानीसम्म !
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकार विदेशी लगानी भित्र्याउँदै मुलुकमा आर्थिक माहौल सिर्जना गर्ने ‘अभियान’मा लागिपरेको छ । त्यस निम्ति आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन गर्दै ।

विदेशी ठूला पुँजीपतिलाई पाहुना बनाउँदै लगानी निम्ति उत्प्रेरित गर्ने सरकारी योजना छ । लगानी बोर्ड नेपाल यतिखेर राम्रैसँग गृहकार्यमा छ । लगानी बोर्डका अनुसार, तीन महिनापछि हुन लागेको सम्मेलनका लागि बोलाउने पाहुनाका विषयमा अनौपचारिक छलफल थालिएको छ ।

लगानी बोर्डका सहसचिव प्रधुम्न उपाध्यायका अनुसार नेपाली, भारतीयसहित विश्वका चर्चित लगानीकर्ता बोलाउनेबारेमा छलफल भइरहेको छ । सम्मेलनमा भारत र चीनका ठूला लगानीकर्ताहरू बढी आउने अनुमान गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लगानी सम्मेलनमा मुकेश अम्बानीलाई पनि निम्ता गर्ने तयारी गरिएको छ । अम्बानीलाई सम्मेलनमा ल्याउने प्रयास गर्ने बोर्डले जनाएको छ । यदि, उनी नआउने भए उनका कम्पनीका प्रमुख व्यक्तिहरूलाई ल्याउने तयारी छ ।

अलिबाबाका संस्थापक ज्याक मालाई पनि निम्ता गरिने बताइएको छ । ज्याक मा केही समयअघि नेपाल भ्रमणमा आएका थिए । विश्वका धनी व्यक्ति एलन मक्सले तारबिनाको इन्टरनेट सेवा नेपालमा स्थापना गर्ने प्रस्ताव गरेका छन् । 

Global Ime bank

उनले सिंगापुरको स्टारलिंक कम्पनीमार्फत् नेपालमा इन्टरनेट सेवा दिने प्रस्ताव सञ्चार मन्त्रालयमा पेस गरेको बताइएको छ । उनलाई यो क्षेत्रमा लगानी गर्न वातावरण बनाइदिने पनि सरकारको तयारी छ । 

यीबाहेक यसअघि नै नेपालमा लगानी गरिरहेका विदेशी लगानीकर्तालाई पनि बोलाउने तयारी सरकारले गरेको छ । विश्वका अर्बपतिहरू नेपालमा आउँदा आम लगानीकर्तामाझ सकारात्मक सन्देश जाने बताइएको छ ।

उत्साहित अर्थमन्त्री

केही दिनअघि भारतमा भाइब्रेन्ट गुजरात समीटमा सहभागी हुन पुगेका अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतीय उद्योगी व्यवसायीसँग छलफल गरेर लगानी सम्मेलन हुन लागेको भन्दै सहभागिताका लागि आग्रह गरेका थिए ।

त्यसरी आग्रह गरिएकामध्ये भारतका ठूला व्यवसायी गौतम अडानी र मुकेश अम्बानीलगायत थिए । बाह्रखरीसँग बुधबार मन्त्रालयमा कुराकानी गर्दैै मन्त्री महतले लगानी सम्मेलनमा आफैँ सहभागी हुने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए ।

अडानी र अम्बानीसँगको छलफलबारे मन्त्री महतले भने, “मैले उहाँहरूसँग छुट्टाछुट्टै कुरा गरेँ । अडानीसँग पटक–पटक कुराकानी भयो । उहाँ र उहाँको टिमसँग पनि छुट्टाछुट्टै कुराकानी भएको हो । गौतम अडानीले नेपालमा ठूलै लगानी गर्न तयार रहेको बताउनुभयो भने अम्बानीले पनि लगानी सम्मेलनमा आफ्नो उच्चस्तरीय टिमलाई पठाउने आश्वासन दिनुभयो ।”

अडानीको चासो चाहिँ नेपालको प्रणाली र प्रशासनयन्त्रमा हुने ढिलाइ सम्बन्धमा थियो ।

“नेपालमा बढी प्रतिस्पर्धाको कुरा हुन्छ । जसले बनाउन सक्दैन, उसैले ठूलो कुरा गरेर आयोजना हात पार्छ, बनाउन सक्नेले त्यस्तो प्रतिस्पर्धामा विश्वास गर्दैन । बनाउन नसक्ने प्रतिस्पर्धाबाट छनोट हुन्छ, त्यसले काम गर्दैन ढिलाइ गर्छ भन्ने उहाँको धारणा थियो,” मन्त्री महतले भने, “कुनै झन्झट बेहोर्न परेन भने जति समयमा काम सक्ने भनेर नेपालमा लगानी गर्छौँ त्यो समयमा अडानी समूहले काम गरेर प्रतिफल दिन अडानी समूह तयार छ भन्ने उहाँको धारणा थियो । जहाँ हामीले हात हालेका छौँ, त्यहाँ हामीले समयमा काम गरेर देखाएका छौँ भन्ने उहाँको धारणा थियो । नेपालमा प्रक्रिया सहज भयो भने हामी लगानीका लागि तयार छौँ भन्ने उहाँको धारणा थियो ।”

अडानी समूहले विमानस्थल र जलस्रोतमा लगानी गर्न तयार रहेको बताएको थियो । सो समूहले काठमाडौं विमानस्थलको स्तरोन्नति, निजगढ विमानस्थल निर्माण र भैरहवा विमानस्थल सञ्चालन गर्न तयार रहेको हुँदा प्याकेजमै दिन आग्रह गरेको छ ।

नेपाल सरकारले झन्झट नबनाए तोकिएको समयमा पूरा गरेर देखाउने बचन पनि अडानीले मन्त्रीसँगको भेटमा दिएका थिए । त्यसैगरी जलविद्युत् क्षेत्रमा लगानी गर्ने विषयमा पनि अडानी समूहको रूची देखिएको छ ।

पश्चिम नेपालमा भेरी र मुगु–कर्णालीमा लगानी गर्ने चाहना राखेको गौतम अडानीको भनाई थियो ।  “तीन हजार मेगावाटसम्मको आयोजना बनाउन तयार छौँ भन्नुभएको छ,” मन्त्री महतले भने, विमानस्थलसम्बन्धी क्षेत्र अडानीका छोराले हेर्नु हुँदोरहेछ, छोरासँग पनि फेरि कुराकानी भयो । जलविद्युत् क्षेत्र हेर्न उहाँकै अर्को टिमसँग पनि फेरि कुराकानी भयो ।” 

साँच्चै उपलब्धि होला त ?

२०४८ पछिको उदारीकरणपछि नेपालमा विदेशी लगानी आउन सुरु भएको थियो । बाह्य लगानीमा पहिलो पटक डाबर नेपाल र युनिलिभर भित्रिएका थिए । त्यसपछि स्ट्याण्डर्ड चाटर्ड, एभरेष्ट र नेपाल एसबीआई बैंकका लगानीकर्ता भित्रिएका थिए । यी कम्पनीका लगानीकर्तालाई पनि सम्मेलनमा ल्याउने तयारी भइरहेको छ । 

नेपालमा जलविद्युत कम्पनीहरूमा लगानी गर्नेको पनि बर्चस्व बढी छ । यी सबै कम्पनीलाई बोर्डले बोलाउने पूर्वतयारी पूरा गरेको छ ।  एसएभीएनले तल्लो अरुण बनाइरहेको छ । अरु प्रोजेक्ट पश्चिम सेती र सेती नदीको अध्ययन गरिरहेको छ । 

यो कम्पनीका लागि डाबर नेपालले ९ अर्ब ६८ करोड ऋण लगानी गर्ने प्रस्ताव ल्याएको छ । लगानी सम्झौता गर्ने तयारी गरिरहेको छ । यो कम्पनीका उच्च तहका प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन् । 

मेट्रो रेल परियोजना, सहरी विकास परियोजना, विमानस्थल निर्माणलगायतमा लगानी भित्र्याउन गृहकार्य भइरहेको छ । नेपाली दूतावासहरूले पनि लगानीकर्तासँग भेटघाट र प्रतिवद्धता गराउने काम गरिरहेको पनि बताइएको छ ।  

भारतका लगानीकर्ताहरूको आकर्षण जलबिद्युत् क्षेत्रमा बढी छ । यो क्षेत्रमा ठूलोे लगानी भित्रिने अनुमान गरिएको छ । सिमेन्टमा पनि लगानी प्रस्ताव आएको बोर्डले जानकारी दिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !