site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनमा पान्डाको संख्या एक हजार ९०० पुग्यो
Sarbottam CementSarbottam Cement

बेइजिङ । चीनमा पान्डाको संख्या एक हजार ९०० को हाराहारीमा पुगेको राष्ट्रिय वन तथा घाँसे मैदान प्रशासनले बिहीबार जनाएको छ । 

सन् १९८० को दशकमा एक हजार १०० पान्डा रहेकोमा अहिले एक हजार ९०० को हाराहारीमा रहेको चिनियाँ प्रशासनले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जाइन्ट पान्डा राष्ट्रिय निकुञ्जका कर्मचारी झाङ युले भने, “पान्डाको यो उल्लेखनीय वृद्धिको मुख्य कारण चीनको तीव्र सुरक्षा प्रयास हो ।”

पान्डा संरक्षणका लागि अक्टोबर २०२१ मा जाइन्ट पान्डा राष्ट्रिय निकुञ्जको स्थापना गरिएको थियो ।

Global Ime bank

“निकुञ्जले २२ हजार वर्ग किलोमिटरभन्दा बढीको क्षेत्र ओगटेको छ र यसले करिब ७२ प्रतिशत जंगली विशाल पान्डालाई महत्त्वपूर्ण सुरक्षा प्रदान गर्दछ,” झाङले भने ।

सन् २०१२ देखि अहिलेसम्म विशाल पान्डाको वासस्थानको संरक्षित क्षेत्र १३ लाख ९० हजार हेक्टरबाट बढेर २५ लाख ८० हजार हेक्टर पुगेको छ, जसले जंगली पान्डाको जनसंख्याको सुरक्षा र दिगो विकासलाई प्रभावकारी रूपमा कायम राखेको प्रशासनको तथ्यांकले देखाएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement