site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘ट्रेबल’ विजेता सिटीलाई उछिन्दै रियाल मड्रिड बन्यो सबैभन्दा धेरै नाफा कमाउने क्लब 

काठमाडौं । गत सिजन तेहेरो उपाधि जितेको इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पछि पार्दै स्पेनिस क्लब रियाल मड्रिड सबैभन्दा धेरै नाफा कमाउने क्लब बनेको छ ।

डेलोइटको अध्ययनानुसार स्पेनिस क्लब रियाल मड्रिडले सन् २०२२–२४ को सिजन कुल ८३१ मिलियन युरो नाफा कमाउन सफल भयो । रियाल सन् २०१७–१८ को सिजनपछि सबैभन्दा धेरै नाफा कमाउने क्लब बनेको हो । यो सूचीको दोस्रो स्थानमा रहेको सिटीले गत सिजन कुल ८२६ मिलियन युरो नाफा कमायो । 

गत वर्ष ८०२ मिलियन युरो नाफा कमाएको पीएसजी सूचीको तेस्रो स्थानमा छ । चौथो स्थानको बार्सिलोनाले ८०० मिलियन र पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेडले ७४६ मिलियन युरो नाफा कमायो ।

यो सूचीका शीर्ष २० क्लबले गत सिजनको भन्दा १४ प्रतिशत धेरै नाफा कमाएको डेलोइटको रिपोर्ट छ ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro