site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजेन्द्र तामाङ महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राजेन्द्र तामाङलाई नेपाली राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

एन्फाले साउदी अरेबियामा हुने वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिप खेल्ने भएपछि महिला टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी तामाङलाई सुम्पिएको हो ।

एन्फाले सहायक प्रशिक्षकमा कमला रखाल र श्याम मानन्धरसँगै टिम म्यानेजरमा ब्रिन्दा देवानलाई नियुक्त गरेको छ । एन्फाले गोलकिपर प्रशिक्षकमा उज्वल मानन्धरलाई नियुक्त गरेको छ । 

वाफ च्याम्पियनसिप गल्फ राष्ट्रहरू प्रतिस्पर्धा गर्ने प्रतियोगिता हो । नेपालले यसमा आमन्त्रित टोलीका रूपमा सहभागिता जनाउन लागेको हो । प्रतियोगिता साउदी अरेबियामा फेब्रुअरी १९ देखि २८ सम्म हुने तालिका छ ।

प्रतियोगिताका लागि मुख्य प्रशिक्षक तामाङले ४० सदस्यीय टोलीसमेत घोषणा गरिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro