site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआरएनए निर्वाचन विवाद छानबिन गर्न सरकारद्वारा समिति गठन 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को निर्वाचन विवादको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले गैरआवासीय नेपाली संघको निर्वाचन विवादका बारेमा छानबिन गर्न महान्यायाधिवक्ता कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा चार सदस्यीय समिति गठन गर्ने निर्णय भएको जानकारी दिइन् ।

KFC Island Ad
NIC Asia

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देश गरिएको छ । 

त्यस्तै, बैठकले धितोपत्र बजार सञ्चालन गर्ने संगठीत संस्थासम्बन्धी अध्ययन गर्न राष्ट्र बैंकका पूर्वडेपुटी गर्भनर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा तीन सदस्य अध्ययन समिति गठन गरेको छ ।

Royal Enfield Island Ad

मन्त्रिपरिषद्ले २०८० पुस मसान्तसम्म संकलन भएको राजस्व अनुपातका आधारमा तेश्रो किस्ता र २०८० चैत्र मसान्तसम्म संकलन हुने राजस्व अनुपातको आधारमा अन्तिम किस्ता वित्तीय समानीकरण अनुदान प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

बैठकले ऊर्जा मन्त्रालय तथा अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ भने  नेपाल र कतार सरकारबीच प्रस्तावित कूटनीतिक तालिम र शिक्षासम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने र उक्त समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र मन्त्रालयलाई दिने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले रातो मन्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाग भैरवनाथ(विस्केट) जात्राको धार्मिक कार्यका लागि एक हजार ७८० घनफिट काठ गुठी संस्थानलाई उपलब्ध गराई वन पैदावारको रोयल्टी मिनाहा गर्ने र चलचित्रसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro