site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अछाममा भालुको आक्रमणबाट दुई किशोरी घाइते

अछाम । अछामको रामारोशन गाउँपालिका–५ का दुईजना किशोरी भालुको आक्रमणबाट घाइते भएका छन् । स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका बेला भालुले आक्रमण गर्दा दुवैजना घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीय १९ वर्षीया पार्वती शाह र २० वर्षीया किरण शाह रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । उनका अनुसार घाइते दुवैको शरीरका विभिन्न ठाउँमा चोट लाग्नाका साथै टाउकामा गहिरो चोट देखिएको छ ।  

घाइतेमध्ये किरण अचेत अवस्थामा र पार्वती मध्यम अवस्था रहेका प्रनाउ पाठकले बताए । उनका अनुसार घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि जिल्लाबाहिरका अस्पतालमा लैजाने तयारी भइरहेको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro