site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
२२ सय विन्दुमाथि किन जान सकेन सेयर बजार ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सेयर बजार गत साताको बुधबार २२१५ विन्दुमा पुगेर ओरालो लाग्यो । त्यसपछिका कारोबार दिनमा बजार लगातार ओरालो गतिमा छ । पछिल्लो चार कारोबार दिनमा बजार ७६ अंक घटेको छ ।

करिब ३४ खर्ब पुगेको कुल बजार पुँजीकरण घटेर ३३ खर्बभन्दा तल झरेको छ । चार दिनको बिचमा लगानीकर्ताहरूले करिब एक खर्ब रुपैयाँ गुमाएका छन् । सोमबार कुल बजार पुँजीकरण २३ खर्ब ९६ अर्ब ३० करोड रुपैयाँमा झरेको छ ।

बजार गत साताको बुधबार २२१५ विन्दुमा पुगेर फर्किएको थियो । उक्त दिन बजार २१६३ विन्दुमा बन्द भयो । सेयर बजार विश्लेषकहरू पनि बजार २२ सय विन्दुमा टिक्न केही समय लाग्ने भन्दै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, बजार आज घटेर २१ सय विन्दु तल झरेको छ । बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय विवरणले गर्दा पनि बजारमा ‘पेनिक सेल’ आएको अधिकांश लगानीकर्ताको बुझाइ छ ।

गत बुधबार बजार २२ सय विन्दुमा पुगेको पहिलोपटक भने होइन । यसअघि पनि बजारले पटकपटक २२ सय विन्दु पार गरेको थियो । तर, २२ सयको मनोवैज्ञानिक विन्दु भने बजारले तोड्न सकेको छैन । बजारले पटकपटक यो विन्दु पार गर्न खोजिरहेको छ ।

Global Ime bank

सन् २०२३ जनवरी २३ मा २२ सय विन्दु पार गरेको बजार त्यसपछिका कारोबारमा १८ सय विन्दुसम्म झरेको थियो । नेप्सेका अनुसार सन् २०२३ मे १५ मा बजार १८०७ विन्दुसम्म झरेको थियो ।

बजार घट्दो क्रममा भएको र घट्दै जाँदा २०२० सम्म झर्ने सेयर विश्लेषक सुवासचन्द्र ढुंगाना बताउँछन् । उनका अनुसार बजार बुलिस ट्रेनमा जानका लागि २२१५ विन्दुमा नै बन्द हुनुपर्ने हुन्छ ।

“बजार अब घट्दा २०२० को विन्दुसम्म जान सक्छ । बजार अहिले केही प्रेसरमा देखिन्छ । बजार बुलिस ट्रेन्डमा जानका लागि २,२१५ विन्दुमा बन्द हुनपर्छ,” उनले भने, “केही समय बजार २१ सय विन्दु वरपर नै खेल्न सक्छ । २,२१५ विन्दुलाई बारम्बार हिर्काएपछि मात्र बजार माथि जान्छ ।”  

अब बजार फर्किदा २,२१५ विन्दुलाई बारम्बार हिर्काउनुपर्ने उनले बताए । सातागत रूपमा बजारको विन्दु कममा २०१५ र उच्चमा २०७५ हुन सक्ने उनको आकलन छ । अब मार्केटमा करेक्सन आए लगातार झर्ने अथवा लगातार बढ्ने उनले बताए । कुनै पनि विन्दुमा लामो समयसम्म बजार बस्न नसक्ने उनको बुझाइ छ ।

स्मार्ट र सर्टटम लगानीकर्ताले भने बजारमा प्रोफिट बुक गर्दा बजारमा अहिले चाँप आएको कतिपय लगानीकर्ताको बुझाइ छ । तर, समूहगत रूपमा भने बजारमा लगानीकर्ताले कमाइरहेको पनि बताइएको छ । हाइड्रोमा लगानी गरेकाहरूले नाफा बुक गर्दा पनि त्यसको प्रभाव बजारमा देखिएको एक लगानिकर्ताले बताए ।

पछिल्लो एक वर्षमा बजारले २२ सय विन्दुमा परीक्षण गरेको यो पाँचौँपटक हो । नेपाल स्टक एक्सचेन्जका अनुसार एक वर्षको अवधिमा यसअघि २०२३ जनवरी १८ मा २२१४ विन्दुसम्म बजार पुगेको थियो । त्यसपछि जनवरी २३ मा २२०३ विन्दु, फेब्रुअरी ८ मा २२१३ र जुलाइ २४ मा बजार २२ सय विन्दुमा पुगेको थियो ।

समग्र नेप्से विन्दुभन्दा घट्दा वा बढ्दा लगानीकर्तालाई धेरै फरक नपर्ने लगानीकर्ता विष्णु सुवेदी बताउँछन् । उनका अनुसार यो वर्ष बैंक तथा वित्तीय संस्था र हाइड्रोको वित्तीय विवरणले बजारलाई असर गर्न सक्ने देखिन्छ । पर्यटन तथा होटेल समूहका समूहले भने लगानीकर्तालाई राहान दिन सक्ने उनी बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  २१:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement