राजनीति
काठमाडौं । सप्तरीमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ । सोमबार कृषि विश्वविद्यालयको शिलान्यासका क्रममा जनमतका कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।
प्रहरीसँगको झडपमा मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, प्रदेशसभा सदस्यहरू सतिश सिंह, रञ्जु खंगसहित केही कार्यकर्ता घाइते भएका छन् ।
प्रहरी र कार्यक्रम रोक्न आएको समूहबीच सामान्य धकेलाधकेल भएको मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञविनोद पोखरेलले बताए ।
“सामान्य विवाद हुँदा मन्त्री महेशप्रसाद यादवको नाकमा चोट लागेको भन्ने छ । थप कुरा म आफैँ भेटेर बुझ्छु,’ डीआईजी पोखरेलले बाह्रखरीसित भने ।
प्रकाशित मिति: सोमबार, माघ ८, २०८० १६:१२
प्रतिक्रिया दिनुहोस्