site stats
बाह्रखरी :: Baahrakhari
देश
सडक व्यवसायीद्वारा काठमाडौं महानगर कार्यालयमा धर्ना

काठमाडौं । सडक व्यवसायीहरुले काठमाडौं महानगरको कार्यालयमा धर्ना दिएका छन् । 

पछिल्लो समय व्यवसायीहरूमाथि महानगरले अत्याचार गरेको भन्दै विभिन्न संघसंगठनको अगुवाइमा उनीहरूले काठमाडौं महानगर कार्यालयबाहिर धर्ना दिएका हुन् । उनीहरूले निर्वाध रूपमा आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग राखेका छन् । 

त्यस्तै, यसअघि महानगरसँग भएको चारबुँदे सहमति कार्यान्वयन गर्न महानगरसमक्ष आग्रह गरेका छन् । साँझ ८ बजेको समयमा आफ्नो जीवन निर्वाह गर्नका लागि सडकपेटी छेउमा सामान बिक्री गर्न खोज्दा नगर प्रहरीले गुण्डागर्दी शैलीमा धरपकट गरेको उनीहरू बताएका छन् ।

महानगरले साना व्यवसायीहरूको पुँजी समाप्त गर्नेगरी दमन गरेको भन्दै आन्दोलन गर्नुपरेको जनाएका छन् । 
 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्