site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘विधेयक छिटो आए सदन चल्न सजिलो हुन्थ्यो’ 

काठमाडौं । सभामुख देवराज घिमिरेले आफूले जिम्मेवारी पाएको एक वर्ष पुगेको अवसरमा संसदीय समितिका सभापतिसँग छलफल गरेका छन् । 

आज सिंहदरबारमा भएको छलफलमा समितिका सभापतिले समामुख निर्वाचित भएको शनिबार एक वर्ष पुगेको अवसरमा शुभकामना दिएका हु्न् । 

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले शुभकमना दिइएको जानकारी दिए । उनले संसद् अधिवेशन माघ १८ देखि २० गतेसम्ममा सुरु हुने जानकारी आएको बताए । संसद्को क्यालेन्डर बनाएर जाँदा कति उपयुक्त हुन्छ ? भन्ने विषयमा छलफल भएको उनले बताए । 

क्यालेन्डरमा अधिवेशनहरू कहिलेदेखि कहिलेसम्म सञ्चालन हुने भन्ने कुरामा छलफल गरी अघि बढ्ने उनको भनाइ छ । खतिवडाले विधेयक छिटो आए सदन चल्न सजिलो हुने बताए । एकैपटक मन्त्रीहरूलाई तीन चार समितिमा बोलाउँदा उपस्थित हुन नसक्ने अवस्था आएको विषयमा पनि छलफल भएको जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro