site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विप्लव माओवादीको योजना– निशानामा कम्युनिष्ट गठबन्धन
SkywellSkywell

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गरेका बेला एमाले–माओवादी गठबन्धनका उमेदवारलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले निशाना बनाउन थालेको छ । गठबन्धनका उमेदवारहरु पूर्व गृहमन्त्री जनार्दन शर्मा, पूर्व अर्थमन्त्री वर्षमान पुन र पूर्व सञ्चारमन्त्री शेरधन राई आक्रमणमा परिसकेका छन् ।

रुकुममा नेकपा ९माओवादी केन्द्र०का उमेदवार शर्मामाथि रेडबुल बम प्रहार, माओवादीकै वर्षमान पुनमाथि गोलीद्वारा आक्रमण, संखुवासभामा कम्युनिस्ट गठबन्धनका उमेदवार चढेको गाडी एम्बुस पारेर आक्रमण, म्याग्दीको बेनीमा नेपाली कांग्रेसका उमेदवारलाई लक्षित गरेर बम प्रहार तथा भोजपुरमा एमालेका उमेदवार शेरधन राईमाथि बम प्रहारका घटना सार्वजनिक भएका छन् ।

देशका विभिन्न स्थानमा चुनावी प्रचारका क्रममा आफ्ना उमेदवारमाथि आक्रमण हुन थालेपछि गठबन्धन सरकारसँग चिढिएको छ । बुधबारमात्रै गोरखामा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उमेदवार आक्रमणप्रति आपत्ति जनाउँदै सरकारको आलोचना गरेका थिए । ओलीले पनि सरकार नै विप्लव माओवादीसँग मिलेर गठबन्धनका उमेदवार आक्रमणमा उत्रिएको आरोपसमेत लगाए । 

KFC Island Ad
NIC Asia

दुई शीर्ष नेताले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा पनि विप्लव माओवादी र सरकारको मिलेमतो भएको हुन सक्ने आरोप लगाएका थिए । 

बुधबार नै पत्रकार सम्मेलनसमेत गरेर ओली र दाहालले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस तथा निर्वाचन बिथोल्ने क्रियाकलापमा लागेको नेत्रविक्रम चन्द ‘विप्लव’ को नेपाल कम्युनिस्ट पार्टीबीच साँठगाँठ भएको आरोप लगाए । पत्रकार सम्मेलनमा ओलीले ‘सरकारको निर्वाचन नगर्ने मनसाय अझै समाप्त भइनसकेको देखियो’ भन्दै सरकारलाई सीमाभित्र रहेर काम गर्न चेतावनी पनि दिएका छन् । कम्युनिस्ट गठबन्धनका उमेदवारलाई छानीछानी आक्रमण गर्न थालिएकाले ओलीले यस्तो आरोप लगाएका हुन् । 

Royal Enfield Island Ad

उच्च सुरक्षा स्रोतका अनुसार विप्लव माओवादीले रुकुम रोल्पा, कालीकोट, डोल्पालगायत पहाडी तथा हिमाली जिल्लामा आफ्नो प्रभाव देखाउन आक्रमणका योजनाहरु बनाइरहेको छ । विप्लव माओवादीका एक नेताले बाह्रखरीसँगको कुराकानीमा भने, “सर्वहाराको नाममा देश लुट्ने, चाहिएको बेला जनताको शरणमा पर्ने अनि सत्तामा हुँदा जनतालाई वास्ता नगर्ने नेतालाई हाम्रो चेतावनी हो । हामीले मानवीय क्षति गर्न खोजेका हैनौं । पाटीको निर्देशन छ, जनतालाई क्षति नपुग्ने गरी नेताहरुलाई धुलो चटाउनू ।” 

उमेदवारमाथि आक्रमण हुन थालेपछि सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा निकाय पनि सचेत बनेको छ । पहाडमा विप्लव माओवादीको आक्रमण रोक्न र तराईमा खुला सिमानाबाट हतियार तथा विष्फोटक पदार्थ भित्रिन सक्ने खतरालाई रोक्न सुरक्षा निकायले योजनावद्ध ढंगले सुरक्षा परिचालन गरेका छन् । निर्वाचन सुरक्षाको अवस्था बुझ्न र प्रभावकारी ढंगले सुरक्षाकर्मीलाई खटाउन नेपाल प्रहरीले सातै प्रदेशमा सुरक्षा गोष्ठी गर्दै आएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्याल आफैं फिल्डमा खटिएर सुरक्षा व्यवस्थाबारे जानकारी लिँदै आएका छन् । 

नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले भने, “चुनावमा सुरक्षाको कुनै कमी हुन नदिन प्रहरी लागिपरेको छ । पहाडी इलाकामा चुनाव विरोधी केही गतिविधि भएका छन् । केही उमेदवारमाथि आक्रमण भएका छन् । त्यो कसले गरायो भनेर हामी अनुसन्धान गर्दैछौं, त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाएका छौं ।” विप्लव माओवादी समूहको गतिविधिलाई मध्यनजर गर्दै प्रहरीले विषेश निगरानी थालेको छ । विप्लवको बढी प्रभाव भएको जिल्लामा थप सुरक्षा परिचानसँगै उनीहरुका नेता कार्यकर्तामाथि पनि निगरानी बढाएको सुरक्षा स्रोतले बताएको छ । 

बिहीबारमात्रै सुनसरी प्रहरीले बराहक्षेत्र–३ बाट इन्द्रबहादुर राई, धरान–१७ बाट जयकुमार राई, इटहरी–९ बाट रोशन ढकाल र लक्ष्मण कार्की तथा इटहरी–५ बाट रामप्रसाद राईलाई पक्राउ गरेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विप्लव माओवादीका गतिविधि र सीमा सुरक्षामा ध्यान दिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro