site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारीपीडितको पैसा सरकारले तिर्नुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीपीडितको पैसा सरकारले तिर्नुपर्ने बताएका छन् । चितवनमा सहकारीपीडितसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले सहकारीका सदस्य मर्कामा पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताए ।

सहारा सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालनका निम्ति पैसा लगेको कुरा आएपछि लामिछानेले चितवनका सहकारीपीडितसँग भेट गरेका हुन् । आफू टेलिभिजनमा रहँदा कुनै पनि सहकारीबाट पैसा लिएको थाहा नभएको उनले बताए । आफू सहकारीपीडितको पक्षमा रहेको उनले उल्लेख गरे ।

आफू टेलिभिजनको लगानी गर्ने जिम्मेवरी तहमा नभएको र त्यहाँ रहँदा सञ्चालनका निम्ति कुनै सहकारीबाट पैसा ल्याउने निर्णय पनि नभएको उनले जिकिर गरे ।

देशैभरका सहकारीपीडितका पक्षमा काम गर्न पार्टीभित्र डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समाधानसहितको प्रतिवेदन तयार पारेको उनले जानकारी दिए ।

भेटमा करिब २०० को हाराहारीमा जम्मा भएका सहकारीपीडितले पैसा डुबेका कारण औषधि उपचार, खान समस्या भएको गुनासो गरेका थिए । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro