site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उच्च शिक्षा अध्ययनको विषय राज्यको प्राथमिकतामा परेन : प्रदीप पौडेल
फाइल तस्बिर ।

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विश्वविद्यालयलाई राजनीतिक भागबन्डाका आधारमा चलाउनु नहुने बताएका छन् । 

शुक्रबार नेपाल विद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सांसद पौडेलले विश्व विद्यालय कुनै राजनीतिक दलको भागबन्डाको आधारमा चलाउनु गलत भएको बताए । उनले विश्वविद्यालयको स्वच्छ प्रतिस्पर्धाको आधारमा सरकारले नियुक्त गर्नुपर्नेमा जोड दिए । 

उनले विश्वविद्यालयको वर्तमान अवस्थालाई सम्हाल्न सक्ने र बुझ्नसक्ने एवं विश्वविद्यालयमा सुशासन कायम राख्नसक्ने व्यक्तिलाई सरकारले छनोट गर्न आवश्यक रहेको बताए । उच्च शिक्षा अध्ययनको विषय राज्यको प्राथमिकतामा पर्न छोडेको उनको भनाइ थियो ।

उनले भने, "विश्व विद्यालयलाई राजनीतिक भागबन्डाका आधारमा अगाडि बढाउनु हुँदैन । विश्व विद्यालय कसले राम्रोसँग अगाडि बढाउन सक्छ । विश्व विद्यालयमा सुशासन कसले कायम राख्नसक्छ त्यसका आधारमा विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुपर्छ । उच्च शिक्षा अध्ययनको विषय नै राज्यको प्राथमिकतामा पर्दैन भने देशले उन्नति गर्न सक्दैन । नेपाललाई आवश्यक पर्ने कुन क्षेत्रको जनशक्ति कति हो त्यसको बारेमा पनि सरकार प्रष्ट छैन ।" 

उनले सरकारले दिएको शिक्षा मुलुकको स्रोत र आर्थिक समृद्धिसँग नजोडिएको बताए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro