site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसदीय समितिलाई हानथापमा नपारौं

संसदीय समितिलाई ‘मिनी पार्लियामेन्ट’ भनिन्छ । संसदीय अभ्यासमा वास्तविक काम गर्ने थलो भनेकै समिति हुन् । 

संसदीय अभ्यासमा जुन किसिमको तदारुकता संसद् र संसदीय समितिबाट हुनुपर्छ । हामीकहाँ त्यसअनुरुपका अभ्यास र कामै भएको छैन ।  यतिखेरसम्मका अभ्यास हेर्दा हावा र हचुवाका भरमा कहिले के अघि बढाइदिने, कहिले के भनिदिने गरिन्छ । यसरी त हुँदैन नि ।
 
समितिहरू जति छन्, आफैँमा त्यो चाहिँ कहिले थोरै होला, कहिले अलि बढी होला । त्यो राजनीतिक रूपमा कसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निहीत हुने रहेछ ।  तर, राजनीतिक नियत साध्नेभन्दा पनि राष्ट्रको आवश्यकताअनुसार अघि बढ्नुपर्छ । 

राष्ट्र हितका लागि कति समिति आवश्यक छ भन्दा नियमावली बनाउँदा माननीय सदस्यहरूले अलि बढी गृहकार्य गर्नुपर्ने थियो । 

उनीहरूले त्यसरी समिति बनाएको भए त्यो उत्तम हुने थियो । तर, त्यसो नगरी नेताहरूको चाहना र राजनीतिक स्वार्थमा कहिले समिति टुक्राउने त कहिले जोड्ने काम हुन्छन् । त्यसो हुँदा संसदीय अभ्यासमा समितिको स्थायित्व भएन ।

सबैभन्दा महत्वपूर्ण विषय समितिलाई स्थायित्व दिनुपर्छ । यहाँ ‘किन’ भन्ने प्रश्न पनि आउन सक्छ । 

यसको सरल जवाफ छ, किनभने पहिले गरिएका छलफल र समितिले संपादन गरेका कामहरू र त्यसबाट उत्पन्न अभिलेखहरू जुन समितिमा रहन्छ, त्यो समितिले पहिलेका अभिलेखहरू विश्लेषण नयाँ तथा आगामी कार्यसूची बनाउन सक्छ ।

तर, समिति फुटाई दिएपछि समितिका कागजात, फाइल यताउता हुन पुग्छन् । अनि कति फाइल कता पुर्याइएको हुन्छ ? अभिलेख कहाँ हराइन्छ ? यसले समिति प्रभावकारी नबन्नु एउटा कारण हो ।  अर्को विषय समिति सचिवालयले जति गहन र सघन रूपमा गृहकार्य गर्नुपर्ने हो, त्यति धेरै गृहकार्य भएको म चाहिँ देख्दिन । 

यसको अतिरिक्त समितिमा रहनुभएका सभापतिलगायत सदस्यहरूले पनि गृहकार्य गरेको देखिँदैन । यसतर्फ उहाँहरूको ध्यान गएको पनि छैन । उहाँहरूको ध्यान मिडियाका साथीहरूले जे कुरा प्राथामिकता दिएर ‘इस्यू’ निकाली दिनुहुन्छ । 

त्यो ‘इस्यू’ आफ्नो समितिमा लिन आफ्नो समितिमा लिन हानाथाप गरिएको छ । त्यसकारण सभामुखको नेतृत्वमा समिति सभापति र सचिवहरूको बैठक नियमित गर्नुपर्‍यो । सँगसँगै आवश्यकताअनुसार संयुक्त रूपमा समिति बैठकहरू बस्ने प्रचलन अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्ने देखिन्छ ।

तेस्रो कुरा, समिति सचिव साथीहरूले पनि एक–आपसमा सहयोग र समन्वय राखेर काम गर्नुपर्ने आवश्यक्ता बढ्दै गएको देखिन्छ । कुनै समितिले कुनै विषय लिइसकेको छ भने अर्को समिति हानथापमा जानुहुन्न । 

एउटा समितिले उठाएको सवालमा अर्काे समितिबाट त्यही विषय छलफलमा अघि बढाउनुपर्छ भन्ने लाइनमा जानु भएन । ‘इस्यू’ लिने र छलफल गराउने विषयमा समिति सभापतिहरूको धेरै ठूलो भूमिका हुन्छ । त्यसकारण समिति सचिवहरूले यो विषयलाई प्राथामिकताका साथ ध्यान दिनुपर्छ भन्ने लाग्छ ।

चौथो कुरा, मैले देखेको र तपाईंहरूले पनि विश्लेषण गर्न सक्नुहुन्छ कि सभापतिको चाहनामा समितिको सचिव रहने जुन व्यवस्था गरियो यो ठीक भएन ।  समितिका सभापतिहरूले मलाई यो सचिव चाहिन्छ, यो सचिव भएन भन्ने प्रचलन बढ्न थालेको छ । 

अर्थात् इच्छाइएका व्यक्तिलाई समिति सचिव बनाउन सभापितहरू लागि परेका छन् । यसरी आउने सबै सचिव विषयविज्ञ हुन्छन् भन्ने मलाई लाग्दैन । जसले जुन विषयमा अलि बढी जानकारी राख्छ र उ विषयमा बढी जिज्ञासु छ भने त्यस्तो मान्छेलाई सम्बन्धित समितिको सचिव बनाइनुपर्छ ।

एउटा स्टेजमा के थियो भने समितिमा सहसचिव भन्दा तलको तहबाट सचिव बनाइँदैन थियो । विस्तारै उपसचिव साथीहरू पनि समिति सचिव बन्न थाल्नुभयो । हुँदाहुँदा सेक्सन अफिसर साथीहरूलाई पनि सभापतिको चाहनामा समिति सचिव बनाउन थालियो ।

यसको असर समितिमा परेको देखिन्छ । उहाँहरूको समितिमा हुने छलफलमा ओज पुगेको देखिँदैन ।  समितिमा आउँदाखेरि मन्त्रीहरू, मन्त्रालयका सचिवहरूलाई पनि समिति सचिवले क्रस प्रश्न गर्न हैसियत भएका मानिसहरू समिति सचिव बन्नुपर्छ ।

समितिमा हुने कुनै पनि विषयको गृहकार्य हिजो के भएको थियो आज के हुँदैछ र भोलि के गर्दा के हुन्छ भन्ने पूर्वानुमान गर्न सक्ने खालका समिति सचिव हुनुभयो भने समिति एकदमै धेरै चलायमान हुन्छ । त्यसअनुरुप समिति सभापतिहरूले समिति सचिवालयलाई पत्याउनु प¥यो । अनि समितिका सदस्यहरूले पनि राष्ट्रको आवश्यकताअनुसार लबिङ्गमा हिँड्नुभयो भने समिति अलि बढी क्रियाशील हुन्छ ।
 
कतिपय अवस्थामा विभिन्न मन्त्रालय विभागबाट अधिकारी, विभागीय प्रमुखहरू वा सचिवज्यूहरू आउनुहुन्छ ।  समितिमा रहनुभएका सदस्यज्यूहरूले पनि उहाँको आत्मसम्मानमा चोट नपुग्ने गरी प्रश्न सोध्नुपर्ने हुन्छ ।

समितिमा उपस्थित भएकासँग प्रश्न सोध्ने नाममा जथाभावी, ठाडो रूपमा, उहाँहरूको मानमर्यादा नरहनेगरी सोधियो भने त्यहीअनुरुपको जवाफ पाउनुहुन्छ । मैले भन्न खोजेको यी सबै कुरा समिति सचिवालयले ब्रिफिङ गर्नुपर्ने हुन्छ माननीयज्यूहरूलाई । 

त्यो रूपमा समिति सचिवालयले अलि बढी गहन अध्ययन विश्लेषण गर्‍यो भने समिति अझ बढी क्रियाशील हुने थियो भन्ने मलाई लाग्छ । 
(संसद् सचिवालयका पूर्वसचिव शर्मासँग बाह्रखरीका रोमन आचार्यले गरेको कुराकानीको आधारमा

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro