बाह्रखरी फोटो
काठमाडौं । सेतो मच्छिन्द्रनाथको स्नान विधिवत्रूपमा सम्पन्न भएको छ । आज साँझ काठमाडौंको जनबहालमा विधिवत्रूपमा पूजा गरी जीवित देवी कुमारीको उपस्थितिमा स्नान गरिएको हो ।
हरेक वर्ष पौष शुक्ल अष्टमीका दिन गरिने स्नानसँगै सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी सुरु हुने गर्छ । स्नान सकेको भोलिपल्टदेखि सेतो मछिन्द्रनाथको मूर्तिमा नयाँ रङ लगाएर सिंगार्ने काम सुरु गरिन्छ ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८० २०:३६
प्रतिक्रिया दिनुहोस्