site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठबन्धन भत्काएर भए पनि निकम्मा सरकार फालिन्छ, ०८४ कुरिँदैन : ओली
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई 'बुख्याचा'को संज्ञा दिएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले अहिले देश बर्बाद हुँदै गएको भन्दै मिसन ०८४ कुर्न नसक्ने अवस्था आउने बताए । 

ओलीले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भए पनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गरे  । वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरूको संरक्षणमा लागेको आरोप लगाए । 

अहिलेको सत्ता गठबन्धनका नेताहरू भ्रष्टाचारी कमिसन तन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको बताए । उनले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको भन्दै एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने बताए । मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको उनले भनाइ छ । 

"हाम्रो देश अहिले अलि अफ्ठ्यारो स्थितिमा छ । सबै क्षेत्रबाट हामीले देशलाई यस अफ्ठ्यारो स्थितिबाट जोगाउनुपर्नेछ । हामी मिसन ०८४ मा छौँ । मिसन ०८४ मा हामीले हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी आफ्नो शक्ति बढाउने भनेका छौँ," ओलीले भने, "साना–साना अंक जोडेर सबै मिलेर सरकार बनाएका छन् । सरकार कस्तो छ भने तरकारी बारीको बुख्याचा जस्तो छ । केही गर्ने होइन त्यसले । त्यसको टाउकोमा काग पनि बस्छ, सुँगा पनि बस्छ । सबै बस्छ । किनभने चिनिसके यो बुख्याचा हो भनेर । यो खासै केही होइन, कही गर्न सक्दैन्न भन्ने चिनिसके ।"

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro