site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमडीएमएस, टेरामक्स र एनसेलका विषयमा मन्त्रालयसँग छलफल गर्दै समिति

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमडीएमएस, टेरामक्स र एनसेलको सेयर खरिद–बिक्रीका विषयमा छलफल गर्ने भएको छ ।

समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग उक्त विषयमा आज छलफल गर्न लागेको हो । बैठक दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभाकक्षमा बस्नेछ ।

आजै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बस्दै छ । बिहान साढे १० बजे बस्ने बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सन्चालित हुलाकी लोकमार्ग, पुष्पलाल (मध्यपहाडी लोकमार्ग), रेल्वे तथा मेट्रो विकास आयोजनाका विषयमा छलफल हुनेछ । उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग, उत्तर दक्षिण (कर्णाली) लोकमार्ग, उत्तर दक्षिण (कोसी) लोकमार्ग  आयोजनाको हालसम्मको भौतिक तथा वित्तीय प्रगति, समस्या र चुनौती, समस्याको कारण, भावी कार्ययोजनाका विषय पनि बैठकको कार्यसूची छ । 

विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची विधायन सम्बन्धी विधेयक, २०८० मा विज्ञसँग छलफल गर्ने रहेको संसद् सचिवालयले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro