राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने भएको छ ।
आज बसेको केन्द्रीय समितिको बैठकले अलपत्र आयोजनाहरूबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारूप र मितिसमेत प्रस्ताव गर्न एक कार्यदल गठन गरेको छ ।
कार्यदलमा श्रीराम न्यौपाने, शिशिर खनाल, विपिनकुमार आचार्य, कृष्ण भेटेवाल, प्रतिभा रावल र खुस्बु सरकार श्रेष्ठ रहेका छन् ।
रास्वपाले विभिन्न २७ आयोजना केन्द्रित 'दबाब यात्रा' कार्यक्रम गर्न लागेको हो ।
हेर्नुहोस् सूची
प्रकाशित मिति: बुधबार, माघ ३, २०८० २२:४६
प्रतिक्रिया दिनुहोस्