site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से २२ सय विन्दुको परीक्षणमा पाँचौंपटक, उत्साही छन् लगानीकर्ता 

काठमाडौं । अर्थतन्त्रको ऐनाको रूपमा मानिने ‘स्टक मार्केट’ उकालो गतिमा छ ।  १८ सयको विन्दुमा झरेको बजार अहिले बढेर २२ सय विन्दु नजिक पुगेको छ । 

बुधबारको कारोबारमा बजार २२१५ विन्दुसम्म पुगेको थियो ।  तर, अन्तिममा बजार घटेर २१६३ विन्दुमा बन्द भएको थियो । कारोबार अवधिभरिमा बजार घटेर २१५४ विन्दुसम्म झरेको थियो । तर कारोबार रकम भने दुई वर्षयताकै बढी रहेको छ ।

यसअघि २०७८ भदौ २१ गते नौ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।  त्यसयता पहिलोपटक बुधबार नौ अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार भएको हो । २०७८ भदौ २ गते हालसम्मकै उच्च विन्दु ३२ सयमा पुग्दा कारोबार रकम पनि उच्च नै थियो । 

हालसम्मकै सबैभन्दा उच्च कारोबार २०७८ साउन ३१ गते भएको थियो ।  सो दिन २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । उच्च मूल्यको कारोबार भएको दुई दिनपछि भदौ २ गते बजार उच्च  विन्दुमा पुगेको थियो ।

त्यसयता बजारमा उतारचढाव आयो र उक्त विन्दु पार गर्न सकेको छैन ।  अहिले बजार २२ विन्दुको परीक्षणकालमा छ । यो विन्दुमा टिक्न सके बजार उकालो लाग्ने शेयर बजार विश्लेषक सुवासचन्द्र ढुंगाना बताउँछन् ।

२२ सय विन्दु पुगेपछि अधिकांशले बिक्री गर्ने मनस्थिति बनाएका हुन सक्ने उनले बताए ।  त्यसले पनि बजारलाई प्रभाव पार्न सक्ने उनको भनाइ छ । 

“आजको कारोबारमा प्रफिट बुक गरेको देखियो । २२ सय विन्दु माथिसम्म पुगेको बजारमा केही करेक्सन देखिएको हो । बजार कता जान्छ भनेर अब भोलिको करोबारले देखाउँछ,” उनले भने, “बिहीबार २१५० विन्दुभन्दा तल आएन र माथि फर्कियो भने बजारले लय समातेको भन्ने बुझिन्छ ।”

त्यस्तै बजारले २२ सय विन्दुमा परीक्षण गरेको पाँचौंपटक गरेको लगानीकर्ताहरु बताउँछन् । लगानीकर्ता शिवचन्द्र सामाजिक सञ्जालमा लेख्दै बजार २२ सय विन्दुमा ठोकिन आएको बताउँछन् । 

“पाँचौँपटक हामी २२ सयको पर्खालमा ठोक्किन आइपुगेका छौं । यो पटक पनि कतिपय लगानीकर्तालाई अब फेरि १८ सयमै पुगिने त हैन भन्ने त्रास रहेको छ । जहाँसम्म लाग्छ यो पटक २२ सयको पर्खाल भत्किनेछ । कारण अहिले परिस्थिति एकदमै फरक र बजारमैत्री रहेको छ,” उनले लेखेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार एक वर्षको अवधिमा यसअघि २०२३ जनवरी १८ मा २२१४ विन्दुसम्म पुगेको थियो ।त्यसपछि जनवरी २६ मा २२०१ विन्दु, फेब्रुअरी ८ मा २२१३ र जुलाइ २४ मा बजार २२ सय विन्दुमा पुगेको थियो ।  

त्यसैगरी बजारमा अहिले सकारात्मक माहोल रहेको लगानीकर्ता दिपेन्द्र अग्रवाल बताउँछन् । केही समयमा नै कारोबारले नयाँ रेकर्ड बनाउने उनको भनाइ छ । 

“बजारमा अहिले सकारात्मक समाचार छन् । धितोपत्र बोर्डको अध्यक्ष हमाल हुँदा भन्दा अहिले माहोल राम्रो छ । राष्ट्र बैंकले पनि खुकुलो नीति लिएको छ । बैंकहरूले ब्याजदर घटाएका छन्,” उनले भने, “आजको कारोबार त एउटा प्रस्थानविन्दु मात्र हो । कारोबार रकमले नयाँ उचाई चुम्छ ।”

पहिले २२ सय विन्दु पुगेर बजार १८ सय विन्दुमा झर्दा हरेक कुराले आर्थिक सूचक नकारात्मक रहेको पनि लगानीकर्ताको बुझाइ छ । 

बैंकहरूले सेयर कर्जा बढाएकाले पनि अब बजारमा ठूला लगानीकर्ता प्रवेश गरेको प्रष्ट देखिएको बुझाइ छ । बुधबारको बजारलाई धेरैले करेक्सनको रूपमा लिएका छन् ।  लगातार उच्च अंकले बढेको बजार सामान्य अंक घट्नु स्वाभाविक रहेको पनि लगानीकर्ताको बुझाइ छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro