site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कमेडी च्याम्पियन सिजन–३’ फागुन ३ देखि प्रसारण हुने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्ट्यान्डअप कमेडीको रियालिटी शोज ‘कमेडी च्याम्पियन सिजन–३’ फागुन ३ गतेबाट प्रसारण हुने भएको छ । शोज हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुनेछ । 

“राति ९ देखि साढे १० बजेसम्म कान्तिपुर टेलिभिजनबाट शोज प्रशारण हुनेछ,” कमेडी च्याम्पियनको टिमका एक सदस्यले बाह्रखरीसँग भने । 
 
‘कमेडी च्याम्पियन सिजन–३’का लागि डिजिटल अडिसनमा करिब दुई हजारले सहभागिता जनाएका थिए । त्यसबाट सात सय छनोट गरिएको ती सदस्यले जानकारी दिए । सात सयबाट १३२ जनालाई प्रि–जजिङका लागि बोलाइएको थियो । 

“७६ जनाले निर्णायकका अगाडि प्रस्तुति दिएका थिए । त्यसमध्ये २४ जना छनोट भएका छन् । तर २४ बाहेक अरु केहीको पनि प्रशारण गरिनेछ,” ती सदस्यले भने । 

‘कमेडी च्याम्पियन सिजन–३’मा नयाँ प्रतियोगिलाई ट्रेन्ड गर्ने काम क्रिएटिभ टिमले गरिरहेको छ । क्रिएटिभ टिममा पुजन अधिकारी, आदर्श मिश्र, सुशान्त बस्याल, पवन भट्टराई र प्रभात लामा छन् । 

शोजको निर्देशन विशाल भण्डारीले गर्नेछन् । होस्ट रीमा विश्वकर्मा र मेक्सम गौंडेल रहनेछन् । शोजको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । 

‘कमेडी च्याम्पियन’को सिजन–१ को विजेता हिमेश पन्त हुन् भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro