site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२५ देखि ४० वर्ष उमेर समूहका सवारी चालकदेखि होसियार ! उपत्यकापछि बढी दुर्घटना चितवनमा 
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र लतिलपुरमा सवारी दुर्घटना गराउनेमा सबैभन्दा ठूलो संख्या २५ देखि ४० वर्ष उमेर समूहका चालक भएको पाइएको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको एक वर्षको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९–८० मा उपत्यकाका तीन जिल्लामा कुल १० हजार ६७५ वटा सवारी दुर्घटनाका घटना भएका थिए । 

तीमध्ये काठमाडौंमा ७ हजार ५३७, ललितपुरमा १ हजार ९४६ र भक्तपुरमा १ हजार १९२ वटा दुर्घटना भएका थिए । उपत्यकामा सवारी दुर्घटना गराउनेमा सबैभन्दा बढी २५ देखि ४० वर्ष उमेर समूहका चालक छन् । गत आर्थिक वर्ष सवारी दुर्घटनामा संलग्न चालकमध्ये ९ हजार २१७ जना उक्त उमेर समूहका थिए । 

त्यही अवधिमा दुर्घटनामा संलग्न चालकमध्ये दोस्रो ठूलो संख्या १६ देखि २५ वर्ष उमेर समूहको छ । आर्थिक वर्ष २०७९÷८० मा १६ देखि २५ वर्ष उमेर समूहका ५ हजार ५२० जना सवारी चालक दुर्घटनामा संलग्न थिए । 

KFC Island Ad
NIC Asia

दुर्घटनामा संलग्न चालकमा तेस्रो ठूलो संख्या ४० वर्ष माथिका छन् । गत आर्थिक वर्ष ४० वर्ष माथिका ४ हजार ५०३ जना चालक दुर्घटनामा संलग्न रहेको कार्यालयको तथ्याङ्कले देखाउँछ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकोे यो तथ्याङकलाई राष्ट्रिय मानवअधिकार आयोग, वाग्मती प्रदेश कार्यालयको पछिल्लो प्रतिवेदनमा पनि समेटिएको छ ।  

प्रतिवेदनअनुसार काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्लामा सवारी दुर्घटनामा संलग्नमध्ये सबैभन्दा ठूलो संख्या २५ देखि ४० वर्ष उमेरकै समूहका चालकको देखिन्छ । काठमाडौंमा भएका सवारी दुर्घटनामा संलग्न चालकमध्ये १६ देखि २५ वर्षसम्मका ३ हजार ७९९ जना, २५ देखि ४० वर्षका ६ हजार ५५४ जना र ४० वर्षभन्दा माथिका ३ हजार २६५ जना छन् । 

Royal Enfield Island Ad

ललितपुरमा भएका सवारी दुर्घटनामा संलग्न चालकमध्ये १६ देखि २५ वर्ष उमेर समूहका १ हजार २० जना, २५ देखि ४० वर्षका १ हजार ६५० जना र ४० वर्षभन्दा माथिका ७९१ जना छन् । यस्तै, भक्तपुरमा भएका सवारी दुर्घटनामा संलग्न चालकमध्ये १६ देखि २५ वर्ष उमेर समूहका ७०१ जना, २५ देखि ४० वर्षका १ हजार १३ जना र ४० वर्षभन्दा माथिका ४४७ जना छन् । 

मृत्यु हुने सबैभन्दा बढी १६ देखि ३५ वर्षका 

काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनामा परी मृत्यु र घाइते हुनेमा सबैभन्दा ठूलो संख्या १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिको छ ।  राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनअनुसार, गत आर्थिक वर्ष २०७९–८० मा उपत्यकामा भएका सवारी दुर्घटनमा परी कुल १८७ जनाले ज्यान गुमाएका थिए । त्यही अवधिमा दुर्घटनामा परी ८ हजार ५६१ जना घाइते भएका थिए । 

गत आर्थिक वर्ष उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा परी मृत्यु हुनेमा १६ देखि ३५ वर्ष उमेर समूहका १०० जना रहेका थिए । अर्थात् मृत्यु हुनेमध्ये आधिभन्दा बढी (५३.४७ प्रतिशत) १६ देखि ३५ वर्षका थिए । दुर्घटनामा परी सोही उमेर समूहका ५ हजार ६४५ जना घाइते भएको तथ्याङ्कले देखाउँछ ।

प्रतिवेदन अनुसार गत आर्थक वर्ष उपत्यकाका तीन जिल्लामा दुर्घटनामा परी ६ वर्ष मुनिका ५ जना बालबालिकाको मृत्यु भएको थियो भने १७५ जना घाइते भएका थिए । उक्त अवधिमा दुर्घटनामा परी ६ देखि १६ वर्षका ५ जना बालबालिकाले ज्यान गुमाएका थिए भने ३०२ जना घाइते भएका थिए । 

गत आर्थिक वर्ष नै दुर्घटनामा परी उपत्यकामा ३५ वर्षभन्दा माथिका ७७ जनाको मृत्यु भएको थियो । यस अवधिमा ३५ वर्षभन्दा माथिका २ हजार ४३९ जना सवारी दुर्घटनामा परी घाइते भएका थिए । 

सबैभन्दा बढी दुर्घटना सहरी सडकमा 

काठमाडौं उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी दुर्घटना राजमार्ग र ग्रामीण सडकमाभन्दा पनि सहरी सडकमा हुने गरेको तथ्याङ्कले देखाउँछ ।  गत आर्थिक वर्ष २०७९–८० मा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भएका १० हजार ६७५ दुर्घटनामध्ये ९ हजार ११४ वटा दुर्घटना सहरी सडकमा भएका थिए । अर्थात ८५.३७ प्रतिशत दुर्घटना सहरी सडकमा हुने गरेका छन् । 

गत आर्थिक वर्ष उपत्यकाको तीन जिल्लाका ग्रामीण सडकमा १४७ र राजमार्गमा १ हजार ४१४ वटा सवारी दुर्घटना भएका थिए । सहरी सडकमा भएका सवारी दुर्घटनामध्ये काठमाडौंमा ६ हजार ९३४, ललितपुरमा १ हजार ५९९ र भक्तपुरमा ५८१ वटा थिए । 

यस्तै, राजमार्गमा भएका सवारी दुर्घटनामध्ये काठमाडौंमा ५७८, ललितपुरमा २९७ र भक्तपुरमा ५३९ वटा थिए । गत आर्थिक वर्ष ग्रामीण सडकमा भएका सवारी दुर्घटनामा काठमाडौंमा २५, ललितपुरमा ५० र भक्तपुरमा ७२ वटा थिए । 

३० वर्षमा उपत्यकामा दुर्घटनाको संख्या ५४८ प्रतिशतले वृद्धि 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो ३० वर्षमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाको संख्या ५४५.८४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कार्यालयकाअनुसार आर्थिक वर्ष २०४९–५० मा उपत्यकामा तीन जिल्लामा १ हजार ९४५ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा परी १५६ जनाको मृत्यु भएको थियो ।

यसको १० वर्षपछि अर्थात् आर्थिक वर्ष २०५९–६० मा उपत्यकामा २ हजार २२५ वटा सवारी दुर्घटना रेकर्ड भएका थिए । ती दुर्घटनामा परी १८० जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०६९–७० मा उपत्यकाका तीन जिल्लामा ४ हजार ७७० वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा १४७ जनाको मृत्यु भएको थियो ।

आर्थिक वर्ष २०७९–८० मा उपत्यकामा १० हजार ६७५ वटा सवारी दुर्घटना भएका छन् र यी घटनामा परी १८७ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०४९–५० को तुलनामा गत आर्थिक वर्ष २०७९–८० मा काठमाडौं उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनाको संख्या ५४७.८४ प्रतिशतभन्दा बढीले वृद्धि भएको कार्यालयको तथ्याङ्कले देखाउँछ । 

उपत्यका बाहिर सबैभन्दा बढी दुर्घटना चितवनमा 

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन अनुसार वाग्मती प्रदेशमा गत आर्थिक वर्ष २०७९–८० मा १२ हजार ३६ वटा सवारी दुर्घटनाका घटना भएका थिए । ती घटनामा परी ४८२ जनाको मृत्यु, ९८७ जना गम्भीर घाइते र १० हजार ४६१ जना सामान्य घाइते भएका थिए ।
 
वाग्मती प्रदेशको काठमाडौं उपत्यका बाहिर रहेका १० जिल्लामध्ये सबैभन्दा बढी सवारी दुर्घटना चितवनमा भएको प्रतिवेदनमा उल्लेख छ ।  चितवनमा गत आर्थिक वर्ष ३०६ वटा सवारी दुर्घटना भएका थिए । ती घटनामा ७६ जनाको मृत्यु भएको थियो ।

प्रतिवेदन अनुसार, गत आर्थिक वर्ष मकवानपुरमा २५५, सिन्धुलीमा १८२, रामेछापमा ३३, दोलखामा २७, काभ्रेपलाञ्चोकमा १५६, सिन्धुपाल्चोकमा ५०, नुवाकोटमा ८१, धादिङमा २४९ र रसुवामा २२ वटा सवारी दुर्घटनाका घटना भएका थिए ।

गत आर्थिक वर्ष दुर्घटनामा परी मकवानपुरमा ६३, सिन्धुलीमा ३४, रामेछापमा ९, दोलखामा ४, काभ्रेपलाञ्चोकमा ४७, सिन्धुपाल्चोकमा १०, नुवाकोटमा १५, धादिङमा ३७ र रसुवामा ४ जनाले ज्यान गुमाएका थिए ।
 
सवारी दुर्घटनामा परी गत आर्थिक वर्ष २०७९–८० मा चितवनमा ५८१, मकवानपुरमा ५९५, सिन्धुलीमा ३८६, रामेछापमा ९८, दोलखामा ५२, काभ्रेपलाञ्चोकमा ३२७, सिन्धुपाल्चोकमा १०९, नुवाकोटमा २१० धादिङमा ४९७ र रसुवामा ३६ जना घाइते भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro