site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जोखिम न्यूनीकरणका निम्ति हातेमालो गरौँ : गृहमन्त्री
तस्बिर : अशोक घिमिरे/रासस ।

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पको जोखिम न्यूनीकरणका निम्ति तीनै तहका सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौं उपत्यका विश्वकै भूकम्पीय जोखिम क्षेत्रमध्येमा पर्ने उनले उल्लेख गरे ।

२६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संघीय सरकार पालिकाहरूलाई सामर्थ्यवान बनाउन मिलेर काम गर्न तयार रहेको बताए । सबै स्थानीय तहलाई आपत्कालीन कार्यसञ्चालनका निम्ति केन्द्र सरकारले औजार तथा उपकरण उपलब्ध गराउँदै आएको उनले उल्लेख गरे ।

विपद् व्यवस्थापनमा खटिने स्वंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको उनले जानकारी गराए । त्यसमा काठमाडौं महानगरपालिकाले पनि पहल लिएकामा उनले खुसी व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro