site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयरमूल्य ४०० भन्दा कम भएका १०० कम्पनी : कुमारी बैंक १५० रुपैयाँमै पाइने !

काठमाडौं । सेयर बजार लगातारजस्तै बढेको छ । आइतबार ३१.६२ अंकले बढेर २,१२०.६२ विन्दुमा बन्द भएको बजारमा पाँच अर्ब ४५ करोड रुपैयाँको कारोबार भयो ।

एक दिनको मात्र करोबार नभएर दैनिक कारोबार रकम बढ्दै गएको छ । लामो समयसम्म सेयर बजार ओरालो लागेर अहिले विस्तारै उकालो गतिमा लागेको देखिन्छ । बजार घटेको समयमा राम्रा कम्पनीमा लगानीकर्ताहरू आकर्षित भएको देखिन्छन् ।

तर, बजार बढ्न थालेपछि कमजोर कम्पनीको मूल्य पनि बढेको छ । कतिपय राम्रा कम्पनीको मूल्य भने बढ्न सकेको छैन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

हाल नेप्सेमा सूचीकृत भएर कारोबार हुँदै आएका कम्पनीहरूमध्ये सबैभन्दा महँगो सेयर युनिलिभरको छ । यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३८ हजार ९०० रुपैयाँ छ । यो गत आइतबारको कारोबार दिनको अन्तिम मूल्य हो ।

त्यस्तै, बढी मूल्य भएको दोस्रोमा राष्ट्रिय बिमा कम्पनी छ । यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता १४ हजार १६० रुपैयाँ छ । त्यस्तै, महँगो सेयरमूल्य हुनेमा बोटलर्स नेपाल (तराई) पनि छ । यो कम्पनीको सेयरमूल्य पनि १२ हजार ८०० को आसपासमा छ ।

त्यसपछिका कम्पनीहरूको मूल्य भने पाँच हजारभन्दा तल छ । सबैभन्दा सेयरमूल्य सस्तो भने वाणिज्य बैंक समूहमा भएका कम्पनीको छ । समूहमा भएका १९ वाणिज्य बैंककै सेयरमूल्य अन्य कम्पनीको तुलनामा कम छ । 

वाणिज्य बैंकहरूमध्ये स्ट्यान्डर्ड चाटर्ड बैंकको सेयरमूल्य सबैभन्दा महँगो छ । यो बैंकको सेयरमूल्य प्रतिकित्ता ५२६ छ त्यस्तै एभरेस्ट बैंकको ५२५, एनआईसी एसिया बैंकको ५११ र नबिल बैंकको ५०० भन्दा कम छ । अन्य अधिकांशं वाणिज्य बैंकको सेयरमूल्य भने ४०० भन्दा कम छ । त्यसमा पनि कुमारी बैंककै सेयरमूल्य सबैभन्दा कम छ । यो बैंकको सेयरमूल्य प्रतिकित्ता १५९ रुपैयाँ छ ।

त्यसैगरी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयरमूल्य भने १५० भन्दा कम छ । 

यी हुन् सेयरमूल्य ४०० भन्दा कम भएका १०० कम्पनी :

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  २१:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro