देश
काठमाडौं । ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार गरिएको छ ।
महालक्ष्मी नगरपालिकास्थित इमाडोलको कृष्णमन्दिर नजिकै बस्ने दोलखा घर भएकी २८ वर्षीया न्यूतन प्रधान सोमबार बिहान इनारमा खसेकी थिइन् । करिब साढे दुई घण्टापछि उद्धार गरिएको हो ।
उनको पाटन अस्पतालमा उपचार भइरहेको ललितपुरका डीएसपी उमेश जोशीले जानकारी दिए । उनको उद्धारका लागि प्रहरीको विपत् व्यवस्थापन सामाखुसीको टोली इमाडोल पुगेका थिए । कपडा सुकाउनका लागि इनारको स्ल्याबमाथि चढेकी बेला स्ल्याब फुटेर उनी इनारमा खसेकी थिइन् ।
प्रकाशित मिति: सोमबार, माघ १, २०८० १३:३४
प्रतिक्रिया दिनुहोस्