site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विज्ञापन नीति ल्याउँदै सरकार, मिडिया वर्गीकरण गरेर दररेट तोकिने

काठमाडौं । सरकारले राष्ट्रिय विज्ञापन नीति, २०८० ल्याउने तयारी गरेको छ । राष्ट्रिय विज्ञापन नीति, २०८० विज्ञापन बोर्डले तयार पारेको हो ।

गएको असारमै बोर्डले विज्ञापन नीतिको मस्यौदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले अहिले नीति थप प्रक्रियामा अघि बढाइएको जनाएको छ ।

राष्ट्रिय विज्ञापन नीतिको मस्यौदा तयार भइसकेर सहमतिका निम्ति अर्थ मन्त्रालय र योजना आयोगमा पठाइएको सञ्चार मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्रप्रसाद सुवेदीले बताए । अर्थ र आयोगबाट सहमति भएपश्चात् नीति स्वीकृतका निम्ति मन्त्रिपरिषद्मा पठाइने उनले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

के छ विज्ञापन नीतिमा ?
विज्ञापन बजारको विकास, विस्तार, प्रभावकारी अनुगमन र नियमन गर्न राष्ट्रिय विज्ञापन नीति, २०८० बनाइएको विज्ञापन बोर्डले जनाएको छ । विज्ञापन चक्रमा सहभागी विज्ञापनदाता, एजेन्सी, सञ्चारमाध्यम र उपभोक्ताले अपनत्व ग्रहण गर्न सक्ने गरी नीति बनाइएको मस्यौदामा उल्लेख छ ।

सञ्चारमाध्यमको प्रकृतिअनुरूप पहुँच, प्रभाव, लोकप्रियता, वितरण, दर्शक, पाठक तथा स्रोता एवं आगन्तुक संख्याका वर्गीकरण विषय समेत नीतिमा उल्लेख छ ।

“वर्गीकरणको आधारमा दररेट तोक्ने र तोकिएको दररेटमा कारोबार गर्ने प्रचलनको विकास गर्न सके विज्ञापन बजार थप विस्तार हुने सम्भावना छ,” विज्ञापन नीतिको मस्यौदामा भनिएको छ ।

विज्ञापन क्षेत्रलाई व्यवस्थित गर्न सञ्चारमाध्यमको वस्तुगत वर्गीकरण र स्तरीकरण हुन नसकेको विषयलाई नीतिमा समस्याका रूपमा उल्लेख गरिएको छ ।

विज्ञापन बजारमा अस्वस्थ प्रतिस्पर्धा, डिजिटल सञ्चारमाध्यम र सामाजिक सञ्जालमा हुने विज्ञापन नियमनको दायरामा आउन नसकेको विषय पनि समस्याका रूपमा राख्दै समाधान गर्ने गरी नीति ल्याइने भएको छ ।

विभिन्न क्षेत्रका विज्ञापनमा नियन्त्रणका कारण बजार अपेक्षाकृत विस्तार हुन नसकेको विषय समेत नीतिमा समावेश छ ।

आमसञ्चारमाध्यम, बाह्य विज्ञापन, डिजिटल माध्यम तथा सामाजिक सञ्जाल, चलचित्र गृहलगायत विभिन्न कार्यक्रममा हुने विज्ञापनलाई नियमनको दायरामा ल्याइने विषय नीतिमा उल्लेख छ ।

विज्ञापन बजारबाट राजस्व बढाउने र थप रोजगारी सिर्जना गर्ने उद्देश्य पनि नीतिको छ । सामाजिक सञ्जालका विज्ञापनले विदेशी मुद्रा सञ्चितिमा पार्न सक्ने प्रभाव कम गर्न समेत नीतिले काम गर्नेछ ।

बोर्डले तयार पारेको विज्ञापन नीतिको मस्यौदा पढ्नोस्–

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro