site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा घर भई काठमाडौं बस्ने ३२ वर्षीय दीपेन्द्र राई छन् । 

राईले जयराम भण्डारीलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति एघार लाख रुपैयाँ लाग्ने भन्दै रकम ठगी गरेका थिए । 

पीडितबाट पटक पटक गरी जम्मा पाँच लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेको प्रहरीले जनाएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राईको खोजी गर्ने क्रममा बुधबार दिउँसो पक्राउ परेको जनाइएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro